बिज्ञापन

अमिर पुग्न ३० मिनेटअघि नै विमानस्थल बन्द गरिने

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि नै विमानस्थल ३० मिनेटका लागि पूर्ण रूपमा बन्द गरिनेछ ।

अमिर अपराह्न करिब साढे ४ बजे काठमाडौं पुग्नेछन् ।

आफ्नै निजी विमानमार्फत अमिर विमानस्थलबाट ज्ञानेश्वर, नक्साल हुँदै शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालय जाने कार्यक्रम छ । त्यसपछि अमिर होटेल सोल्टी पुग्नेछन् । सोल्टी होटेलमै विभिन्न विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटघाट र रात्रिभोजको आयोजना राखिएको छ ।

अमिर हिँड्ने रुटमा तालिमप्राप्त कुकुरदेखि ड्रोन र रुटभरि सैनिकसहितको टोली खटाइनेछ । उपत्यका प्रहरी कार्यालयका एसपी अवदेश विष्टले नागरिकलाई असहज नहुने गरी सुरक्षा व्यवस्था मिलाइएको बताए ।

बार्ह्खरीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
2
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button