बिज्ञापन

अमिर नेपाल भ्रमण गर्ने पहिलो अरब प्रमुख

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । दुईदिने नेपाल भ्रमणको सिलसिलामा उनी मंगलबार काठमाडौं आइपुगेका हुन् ।

अमिर नेपाल भ्रमण गर्ने पहिलो अरब प्रमुख हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष (भीभीआईपी)मा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । स्वागत गरेपछि राष्ट्रपति पौडेल शीतलनिवास फर्किएका थिए । उपराष्ट्रपति रामसहायप्रसाद यादवले कतारका अमिरलाई राष्ट्रिपति फर्केलगत्तै भीभीआईपी कक्षको लविमा भेट गरेका थिए ।

त्यसपछि विमानस्थलबाट कतारका अमिर अल थानी सिधैँ राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका हुन् । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

राष्ट्रपतिसँग भेटवार्ता सकेपछि कतारका अमिर शीतल निवासबाट सिधैँ आफू बस्ने होटेल सोल्टी जानेछन् । राष्ट्रपति पौडेलले आजै साँझ होटेल सोल्टीमा कतारका अमिरको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button