बिज्ञापन

आज पनि कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिएन, सभामुखले गरे संसद् बैठक स्थगित

काठमाडौं ,जेठ १-

सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई समय उपलब्ध गराएपछि नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको छ । सभामुखले समय दिएपछि गृहमन्त्री रोस्टमतर्फ अघि बढेका थिए । तर, कांग्रेसले उनलाई जान दिएन । त्यसपछि उनी वेलमै रोकिएका थिए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेससँग सहमति नगरी सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएपछि कांग्रेसले वेल घेराउन गरेको हो । कांग्रेसको नाराबाजीपछि सभामुख घिमिरेले संसद् बैठक स्थगित गरेका छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावसहितका सबै कार्यसूची हटाएर उनले बैठक स्थगित गरेका छन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button