पासपोर्ट लिन आउन दूतावासको आग्रह

कतारस्थित नेपाली राजदूतावासमा आवेदन फारम बुझाएका मध्ये ७,०३२ जनाको ई पासपोर्ट तयार भई आएको दूतावासले जानकारी दिएको छ ।

पुरानो राहदानी र राजश्व तिरेको सक्कली नगद रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दूतावासले आज एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । राहदानी अहिले बिदाको दिन बाहेक हरेक दिन ९ देखि ३:३० बजे सम्म वितरण हुनेछ।

राहदानी लिन आउँदा आफ्नो काेड नम्बर रसिदमा लेखेर आउन दूतावासले आग्रह गरेको छ ।

राहदानी तयार भएको व्यक्तिहरुको नामावली हेर्न यहाँ  थिच्नुहोस । सर्च बक्समा आफ्नो नाम हालेर राहदानी आएको नआएको पत्ता लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
5
मनपर्‍यो
खुसी लाग्यो
19
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button