बिज्ञापन

डब्लुएचओको कोरोनासँग लड्न ५ सुझावः गुलिया, पेय पदार्थ नखाने, संगीत सुन्ने नाच्ने

कोरानो भाइरसको उपचारमा हाल सम्म कुनै औषधी वा कुनै भ्याक्सिन नबनिसकेको अवस्था रोकथाम गर्नु या लाग्न नदिनु नै उत्तम हुन्छ । यही सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले केही सुझाव दिएको छ । डव्लुएचओका प्रमुख डा अधानोम टेड्रोसले बताएका ५ उपाय यस्ता छन् ।

१) स्वस्थ र पौष्टिक आहार खाने गर्नुस् । जसले तपाईँको रोग प्रतिरक्षा प्रणालीलाई ठीकसंग कार्य गर्न सहयोग गर्दछ ।

२ं) मदिराजन्य पदार्थको सेवनलाई सीमितमा राख्नुहोस् । पेप्सी, कोक रेड बुल जस्ता गुलिया पेय पदार्थहरु नलिनुहोस् ।

३) धूमपान नगर्नुहोस् । धूमपानले यदि तपाईँ कोरोना भाइरस (कोभिड१९)बाट संक्रमित हुनु भयो भने गम्भीर रोगको जोखिम बढाउन् सक्छ ।

४) शारीरिक व्यायम गर्नुहोस् । विश्व स्वास्थ्य संगठनको मापदण्डले भने झैँ बयस्कहरुले दैनिक कम्तिमा ३० मिनेट र बच्चाहरुलाई दैनिक १ घण्टा शारीरिक व्यायम गर्न गराउनुहोस् । यदि तपाईँ घरभित्रै लकडाउन अर्थात बाहिर निस्कन सक्ने अवस्था छैन् भने व्यायम गर्नुहोस्, नाच्नुहोस्। योगा गर्नुहोस् । यदि तपाईँलाई यो बेला नियमक निकायले अनुमति दिएको छ भने बाहिर पैदल यात्रा गर्नुहोस, दौडनु होस, सवारीमा समेत जानुहोस तर अरुसंगको दूरी राख्नुहोस ।
सक्भर घरमै बस्नु भएको छ काम गरिराख्नु भएको छ भने लामो समय एउटै आसनमा नरहनुहोस् । तपाईँले कम्तिमा हरेक ३० मिनेटमा ब्रेक लिनुहोस् । घरमा कसरी स्वस्थ रहेर बस्ने भन्ने बारेमा हामी आउने दिनमा पनि सल्लाह दिनेछौँ ।

५) तपाईंले आफ्नो मानसिक स्वास्थ्यमा ख्याल गर्नुहोस् । यो संकटको बेला तनाव अलमल र डराउनु सामान्य कुरा हो । यस्तो बेलामा तपाईँले आफ्ना चिनजान र विश्वासिला व्यक्तिसंग कुरा गर्नुहोस् । संगीत सुन्नुहोस, किताब पढनुहोस् अथवा गेम खेल्नुहोस् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button