बिज्ञापन

सनैया क्षेत्रको लकडाउन बुधबार देखि आंशिक रुपमा खोलिने

आज नयाँ ५६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। साथै ३७ जनालाई निको भएको र एक जनाको मृत्यु भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ६०१५ पुगेको छ ।

हालसम्म ५५५ जना निको भएर घर फर्किएका छन् ।त्यस्तै जम्मा ५४५१ जना उपचारत छन् । आज सम्म ६४६२० जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा ९ जनाको मृत्यु भएको छ ।

कतारमा कोरोना भाइरस बारे पछिल्लो जानकारी दिन विपत्ति व्यबस्थापन समितिका प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले अहिले ९ बजे पत्रकार सम्मेलन गर्नुभएको छ । सम्मेलनको कतार टेलिभिजन र अल रेयान च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो ।

कोरोना भाइरस रोकथामका लागि पत्रकार सम्मेलन बाट गरिएको निर्णयहरु यस्ता छन् :

  • प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले कतार च्यारिटीको समन्वयमा सनैया एरियाको स्ट्रीट नम्बर १,२ र वकालत स्ट्रीटको केहि कामदारलाई मिकैनेस र बर्वा आइसोलेसन सेन्टरमा सारिने । भाइरस बाट पूर्व सावधानीका लागि ती मध्ये ५५ वर्ष भन्दा माथिका र मधुमेह,उच्च रक्तचाप,दम भएका बिरामीहरुलाई प्राथमिकता दिईने । ती कामदारलाई निशुल्क खाना,लुगा,औषधि लगायत दैनिक उपभोग्य सामान किन्न पैसा समेत दिईने । आफ्नो कामदारलाई सो आइसोलेसन सेन्टरमा पठाउन इच्छुक कम्पनी ले कामदारको नाम आईडी नम्बर वा भिसा नम्बर,मोबाइल नम्बर र लागेको रोग बारे जानकारी सहित इमेल ymarzoqi@adlsa.gov.qa र ४०२८७९४५ नम्बरमा सम्पर्क गर्न सक्ने ।

  • सनैया क्षेत्रको लकडाउन बुधबार देखि आंशिक रुपमा खोलिने । पहिलो चरणमा स्ट्रीट नम्बर १,२ र वकालत स्ट्रीट खोलिने ।
  • क्वारेन्टाइन सेन्टर बाट मात्रै सबैभन्दा बढी संक्रमण देखिएको । समुदायमा फैलिएको संख्या जम्मा २६ प्रतिशत मात्र । ९० प्रतिशत बिरामीको अवस्था सामान्य ।
  • भिजिट भिसामा आएकाहरुको भिसाको म्याद सकिएपनि बस्न पाउने । अवस्था सामान्य भएपछि बिना जरिवाना स्वदेश फर्कन पाउने ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button