बिज्ञापन

साउदी अरेबियाले क्यानाडा सँग पनि सम्बन्ध तोड्यो

एजेन्सी

कतारलाई नाकाबन्दी लगाएको साउदी अरेबियाले हाल आएर क्यानाडा सँगको कुटनीतिक सम्बन्ध पनि तोडेको छ । आफ्नो आन्तरिक मामिलामा क्यानडाले हस्ताक्षेप गरेको भन्दै साउदीले सबै सम्बन्ध तोडेको घोषणा गरेको हो।

सामाजिक सञ्जाल ट्वीटरमार्फत एकपछि अर्को सन्देश लेख्दै साउदी विदेश मन्त्रालयले आफ्नो देशमा रहेका क्यानाडाका राजदूतलाई फर्कन २४ घण्टाको समय दिएको छ भने  क्यानाडाबाट आफ्नो दूत पनि फिर्ता बोलाएको छ।

त्यस्तै क्यानडामा रहेका ७ हजार बढी विद्यार्थीलाई पनि स्वदेश बोलाएको छ र क्यानाडाको राजधानी टोर्नोटो सँगको हवाई आवतजावत पनि बन्द गर्ने भएको छ।

साउदी अरेबियाको पछिल्लो कूटनीतिक कदमका विषयमा क्यानाडा सरकारले मानव अधिकारको निमित्त सधैं लागि पर्ने बताएको छ ।

युवराज मोहमद बिन सलमानको नेतृत्वमा एकपछि अर्को प्रगतिशील देखिने कदम चालिरहेको साउदी अरेबियाको पछिल्लो कदमलाई लिएर धेरैले आश्चर्य प्रकट गरिरहेका छन्।

विवादको कारण ?

साउदी अरेबियामा साउदी-अमेरिकी मानवअधिकारकर्मी समार बादवीसहितका नागरिक अधिकारकर्मी पक्राउ परेपछि क्यानडाको परराष्ट्र मन्त्रालयले आफू त्यसबाट “गम्भीर रूपमा चिन्तित भएको” भन्दै साउदी कदमको कडा आलोचना गरेको थियो।

समार बादवीले साउदी राजतन्त्रमा पुरुष राजकुमारहरूको दबदबा अन्त्य हुनुपर्ने माग गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button