बिज्ञापन

थप २०३ जनामा कोरोना संक्रमण, मास्क नलगाउने १०६ जनालाई कारबाही

गएको २४ घण्टामा २०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १३२ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज भाइरस देखिएका मध्ये १६५ जना स्थानीय र ३८ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,४५,६७२ पुगेको छ ।

मन्त्रालयको  रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा १२,४३४ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २४६ रहेको छ भने निको हुनेको संख्या १,४२,८२७ पुगेको छ ।

सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक

अस्पताल भर्ना भएका – ४६ जना

अझै अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ३०४ जना

आईसीयुमा भर्ना भएका – १ जना

आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – २६ जना


आज सम्म जाँच भएको संख्या – १२,९१,३३४ जना

अझै निको हुन बाँकीको संख्या : २,९९५ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

त्यस्तै आन्तरिक मन्त्रालयले आज सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप १०६ जनालाई कारबाही गरेको छ । सवारीमा चार जना भन्दा बढी बस्ने तर्फ भने आज कोहि कारबाहीमा परेका छैनन् ।

हालसम्म मास्क नलागाउने ५,३५९ जना पक्राउ परिसकेका छन् । त्यस्तै निजि सवारीमा बढी ४ जना भन्दा बस्ने २७७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुको राष्ट्रियता भने मन्त्रालयले खुलाएको छैन ।

संक्रामक रोग सम्बन्धी मन्त्रिपरिषद्को निर्णय र १९९० को कानून नं ​​१७ बमोजिम कोरोनाभाइरसको फैलावट सीमित राख्नको लागि अनिवार्य रहेको रोकथाम र सावधानीका नियम उल्लङ्घन गरेको आरोपमा अधिकारीहरूले आज जम्मा १०९ जना लाई सार्वजनिक अभियोजनको मुद्दा चालाईएको , “मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । जारी कानून उल्लङ्घन गर्नेलाई तीन वर्षको जेल सजाय वा दुई लाख रियाल सम्मको जरिवाना हुन सक्दछ।

कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button