बिज्ञापन

आज निशुल्क ट्याक्सी चढ़ौ

नाकाबन्दीको एक वर्ष पुगेको अवसरमा कतार ट्याक्सीले आज मध्यरात सम्म निशुल्क सेवा प्रदान गरेको छ।कम्पनीले हिजो एक वक्तव्य जारी गर्दै उक्त जानकारी दिएको आजको गल्फ टाइम्समा समाचार छ ।

कतार ट्याक्सीको एप प्रयोग गरी आज जुन ५ मा देशभर ४० रियाल शुल्क सम्मको दुई वटा निशुल्क यात्रा गर्न सकिनेछ।

अनलाइन बुकिङ गरी सुलभ दरमा यात्रा गर्न सकिने “कतार ट्याक्सी” पहिलो कतारी एप हो।नाकाबन्दीको समयमा कुशल नेतृत्व गर्नुभएको अमिर शेख तमिम विन हमाद अल थानीको सम्मान स्वरुप र देशको नागरिकले देखाएको एकता प्रति समर्पित गर्न कम्पनीले आज निशुल्क यात्राको अवसर प्रदान गरेको जनाएको छ।

कतार ट्याक्सी शुभारम्भ गरेको दुई महिना भित्र ६ हजारले एप डाउनलोड गरेको र  हजार बढी ड्राइभरले कम्पनी सँग सहकार्य गर्न दर्ता गरेको कम्पनीले जानकारी दिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button