बिज्ञापन

कतारमा नेपाली फुटबल खेलाडी विमल घर्तीमगरको सफलतापूर्वक उपचार सम्पन्न

घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगरको कतारमा उपचार गरीएको छ । खलिफा स्टेडिएम नजिकै रहेको स्पोर्ट सिटी स्थित सबितार अर्थोपेडिक अस्पतालमा आज घुँडाको सफल शल्यक्रिया सम्पन्न भएको छ ।

राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी घर्ती मगर को उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतार फुटबल सङ्घलाई अनुरोध गरेको थियो ।  घाइते भएका कारण उनीहरुले प्रशिक्षण तथा विश्वकप फुटबलको छनोट खेल गुमाउने राइले बताए । घर्तीमगर बन्द प्रशिक्षणका क्रममा घाइते भएका हुन् ।

उनीलाई घुँडामा गम्भीर चोट लागेको थियो ।  यसअघि एन्फाले नवीन महर्जन र रवीन श्रेष्ठलाई पनि उपचारका लागि कतार पठाएको थियो ।

तस्विर : सुजन भट्टराई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button