बिज्ञापन

टि–ट्वान्टी विश्वकप छनौट एसिया ‘बी’को उपाधि नेपाललाई

मलेसियामा सम्पन्न टि–ट्वान्टी विश्वकप क्रिकेट एसिया ‘बी’ छनौट प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

आज (शुक्रबार) सिंगापुरविरुद्धको भएको अन्तिम खेल वर्षाले प्रभावित बनेपछि रनरेटको आधारमा नेपाल प्रतियोगिताको विजेता बनेको छ । आजको खेलमा सिंगापुरले नेपाललाई मात्र ८२ रनको लक्ष्य दिएको थियो । तर, नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा पानी परेपछि खेल रोकिन पुगेको थियो। वर्षाले खेल अघि बढ्न नसकेपछि नेपाललाई विजेता घोषणा गरिएको हो ।

लगातार पाँच खेल जितेको दुबै टिमको समान १० अंक रहेको थियो । तर रन रेटमा सिंगापुरभन्दा नेपाल अघि थियो । यस प्रतियोगिताबाट नेपालसंगै सिंगापुर र मलेसिया पनि अघिल्लो चरणमा प्रवेश गरेका छन् । मलेसिया र थाईल्याण्डको समान ७ अंक भएपनि रनरेटको आधारमा मलेसिया तेस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

अब एसिया छनोट ‘ए’बाट आएका यूएई, कतार र कुवेत तथा ‘बी’बाट आएका नेपालसहित सिंगापुर र मलेसियाले एसिया फाइनल खेल्नेछन् । ६ टोलीले एकअर्कासँग खेल्दा शीर्ष दुई टोलीले टी–२० विश्वकप अन्तिम छनोटमा स्थान बनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button