बिज्ञापन

शुक्रबार र शनिबार प्राय सबै पसल बन्द गरिने

प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले कोरोना भाइरस विरुद्ध पछिल्लो कदम चाल्न आज भिडियो कन्फेरेन्स मार्फत मन्त्रिपरिषदको बैठक गर्नुभएको छ । आज बसेको बैठक बाट शुक्रबार र शनिबार अत्यावश्यक बाहेक सम्पूर्ण व्यावसायिक गतिविधि बन्द गरिने निर्णय भएको छ ।

आउने शुक्रबार देखि नै खाद्यान्न पसल,औषधि पसल,डेलिभरी गर्ने रेस्टुरेन्ट बाहेक सम्पूर्ण पसलहरु अर्को सुचना नआउन्जेल सम्म शुक्रबार र शनिबार बन्द गरिने निर्णय भएको हो । अन्य अत्यावश्यक पसलहरु बारे मन्त्रालयले केहि दिनमा निर्णय गर्ने बारे बैठकमा छलफल भएको छ । यसैबीच मन्त्रालयले सबैलाई अति आवश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button