बिज्ञापन

चाइना हस्पिटलद्वारा भरतपुरका स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण

चितवन,जेठ १-

चाइना हस्पिटल प्रालिद्वारा भरतपुर महानगरपालिकाका स्वास्थ्य स्वयंसेविकालाई एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्वयंसेविकालाई परम्पारागत चाइनिज उपचार पद्धतिका बारेमा अभिमुखीकरणका साथै स्वास्थ्य जाँच एवं उपचार पनि गरिएको हो ।

भरतपुर महानगरको समन्वयमा चाइना अस्पतालका १८ चिकित्सक र ६० स्वास्थ्यकर्मीले जाँच गरेका हुन् । स्वास्थ्यकर्मीले टाउको, खुट्टा, ढाड दुखाइको चाइनिज पद्धतिबाट उपचार गरिएको थियो । यो उपचार पद्धतिमा आवश्यक पर्ने आयुर्वेदिक जडीबुटी नेपालमा पनि पाइने भएकाले सहज तरिकाबाट उपचार गर्न सकिने कार्यक्रम संयोजक सजना रिमालले जानकारी दिनुभयो ।

पहिलो चरणमा ६० जनाको स्वास्थ्य परीक्षण गरिएको भए पनि क्रमसँगै दुई सय सातजनालाई समेट्न लागेको जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिनुभयो । अस्पतालबाट आएको टोलीले महानगर प्रमुख रेनु दाहालसँग भेट गरेपछि शिविर आयोजना गरेको संयोजक रिमालले बताउनुभयो ।

महागरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ लाई स्वास्थ्य पर्यटनसँग जोड्न पनि यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा पनि भ्रमण वर्षसँग जोडेर यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button