बिज्ञापन

चामलको बोराभित्र लागुऔषध फेला, दुई पक्राउ

काठमाडौँ, वैशाख ९-

नेपाल प्रहरीले चामलको बोराभित्र लुकाएर ल्याएको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले चामलको बोराभित्र लुकाएर ल्याएको लागुऔषधसहित सप्तरीको खड्क नगरपालिका–११ बनौली बस्ने ४७ वर्षीय रामलोचन मुखिया र सप्तरीकै वरहथवा नगरपालिका–११ का ४७ वर्षीय कमल अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले उपत्यका भित्रिने गाडीहरु नागढुङ्गा नाकामा जाँचका क्रममा चामलभित्र लुकाएर ल्याएको लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले नागढुङ्गामा मुखियालाई पक्राउ गरेपनि मुखियाको बयानका आधारमा काठमाडौँमा लागुऔषध बिक्री वितरणमा संलग्न अधिकारीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

पक्राउ परेका व्यक्तिसँग प्रहरीले आठ सय ४२ एम्पुल डाइजेपाम, छ सय ८५ एम्पुल नुर्फिन, नौ सय ५१ एम्पुल फेनार्गन र तीन हजार तीन सय आठ ट्याब्लेट मनोद्दिपक पदार्थ नाइट्रोभेट बरामद गरेको छ । प्रहरीले पक्राउ परेका दुवैलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button