बिज्ञापन

अन्तर्राष्ट्रिय मानव अधिकार संगठन कतारका प्रमुख प्रो.रमजान अलि मियाँ सम्मानित

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२२ को अवसरमा अन्तर्राष्ट्रिय मानव अधिकार संगठन कतारका प्रमुख प्रो. रमजान अलि मियाँ सम्मानित हुनुभएको छ ।

प्रो. रमजान अलि मियाँ लाई पनि कतारको समग्र मानव अधिकार क्षेत्र तथा यसको प्रवर्द्धन एवं बिकासमा उल्लेख्य योगदान दिए बापत सम्मानित गरिएको हो ।

अध्यक्ष डाक्टर नेम सिह प्रेमी र उपाध्यक्ष डाक्टर मोहम्मद बरोहामी को सन्युक्त हस्ताक्षर रहेको प्रमाणपत्रमा प्रो रमजान अली मियाले कतारमा रहेका अप्रवासीहरुको मानव अधिकारको रक्षा एवं मानव अधिकारको बिकास र प्रवर्द्धनमा उल्लेख्य भुमिका खेलेको उल्लेख्य गरिएको छ।मियाँ लामो समय देखि कतारको राष्ट्रिय मानव अधिकार आयोग संग आवद्ध रहि मानवीय कार्य गर्दै आउनु भएको छ।

नेपाली ब्यवासायी संघ कतारको कानुनी सल्लाहकारमा मनोनीत

कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुको साझा संस्था नेपाली ब्यवसायी संघ कतारले कतारमा कार्यरत दुई जनालाई लाई मनोनीत गरेको छ । संघको गत शनिबार बसेको बैठकले संघको कानुनी सल्लाहकारमा प्रो. रमजान अलिमिया र सल्लाहकारमा इन्जिनियर अर्जुन भट्टराईलाई मनोनित गरेको हो ।

संघले भर्खरै नेपाल सरकारसँग त्रीपक्षीय सम्झौता गरेर नेपाल र कतारबीचको सम्बन्ध बिस्तार गर्ने र संघका सदस्यलाई बिमानस्थलमा सहजीकरण गर्ने वातावरण बनाएको संघका अध्यक्ष महेन्द्र चौलागाईंले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button