बिज्ञापन

कम्पनी परिवर्तन गर्न ‘एनओसी पेपर’ चाहिँदैन

प्रश्न: मेरो करार अवधि सकिनु अगावै कम्पनीले मलाई काम बाट निकालेको छ र एनओसी पेपर पनि नदिने भन्छ। म घर फर्किन पनि चाहन्न,एनओसी पेपर बिना मैले नयाँ काम पाउन सक्छु?

जवाफ: कामदारले कार्यरत कम्पनी छोडेर अर्को कम्पनी जाँदा पुरानो कम्पनी लाई कुनै आपत्ति नहुनेगरि प्रदान गरिने पत्रलाई अनापत्ती पत्र अर्थात् अङ्ग्रेजीमा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) भनिन्छ।

कतारमा अहिले रोजगार परिवर्तन गर्न एनओसी पेपर चाहिँदैन ।जारी भएको नयाँ कानुन अन्तर्गत २०१५ को कानून नं २१ अनुसार सरकारको अनुमतिमा कामदारले आफ्नो करार अवधि सकिँदा, कम्पनी बाट बर्खास्त हुँदा वा अनिश्चितकालीन करार भएकाले एउटै कम्पनी मा ५ वर्ष भन्दा माथि काम गरिसकेको खण्डमा बिना एनओसी पेपर रोजगार परिवर्तन गर्न पाउने नियम छ।

कम्पनी बाट बर्खास्त भएको खण्डमा भने कामदारले काम खोज्न तीन महिनाको समय पाउनेछन्।यस्तो स्थितिमा कामदारले पहिला प्रशासनिक विकास,श्रम तथा सामाजिक मन्त्रालयको कार्यालयमा गएर खबर भने गर्न पर्ने हुन्छ।त्यस्तै नयाँ कामको करार पत्र वा प्रस्ताव पत्र(अफर लेटर) पाएपछि पुनः सोही मन्त्रालयको कार्यालयमा गएर वा अन्य तरिकाले पत्र बुझाउन पर्नेहुन्छ।

आजको गल्फ टाइम्स बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button