बिज्ञापन

आज देखी विश्वकप फुटबलको सेमिफाईनल खेल, फ्रान्स र बेल्जियम मध्ये कसले मार्ला बाजी ?

रसियामा जारी २१ औँ संस्करणको फिफा विश्वकप–२०१८ को सेमिफाइनल खेल मंगरबार देखि शुरु हुँदैछ ।

यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्दैछन् । यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ । सेमिफाइनलमा १९९८ को विजेता फ्रान्स, बेल्जियम, १९६६को विजेता बेलायत र क्रोएसिया अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् ।

क्वार्टरफाइनल खेलमा फ्रान्सले पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गर्‍यो भने बेल्जियम पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । त्यसैगरी यता बेलायतले स्वीडेनलाई २–० तथा क्रोसियाले आयोजक रुसलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै सेमिफाइलनमा आफ्नो स्थान सुरक्षित गर्‍यो ।

सेमिफाइनलमा मंगलबार राती ९ बजे (कतारको समय) फ्रान्सले बेल्जियमको सामना गर्दैछ । यो खेललाई निकै प्रतिक्षाका साथ हेरिदैछ । पाँच पटकको विश्वविजेता ब्राजिललाई पाखा लगाएपछि बेल्जियमलाई पनि विश्वकपको दाबेदार टिमको रुपमा हेरिएको छ ।

मंगलवारको खेलमा फ्रान्सका एन्टोनी ग्रिजम्यान र १९ वर्षीय किलियन एमबापे सबैको नजरमा पर्नेछन् भने बेल्जियमका इडेन हाजार्ड र रोमेलु लुकाकुले सबैको ध्यान तान्ने छन् । प्रत्येक चार चार वर्षमा आयोजना हुने विश्वकपमा पछिल्लो कालमा फ्रान्सले १२ वर्षपछि तथा बेल्जियमले ३२ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेका हुन्।

त्यस्तै बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा एक पटकको विश्व विजेता बेलायतले क्रोसियाको सामना गर्दैछ । पछिल्लो कालमा बेलायत २८ वर्षपछि तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेका हुन् । – नारायणी अन्लाईन 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button