बिज्ञापन

एमाले चितवनमा अधिवेशनको तयारी तीव्र, उपसमितिका संयोजकहरुको बैठक सकियो

चितवन, वैशाख १६ –

नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन सम्पन्न गर्न बनेका विभिन्न समिति र उपसमितिका संयोजकको बैठक सम्पन्न भएको छ ।

आज पार्टी कार्यालयमा बसेको बैठकले अधिवेशनको तयारीलाई तीव्र पार्न विभिन्न निर्णय गरेको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार सबै उपसमितिको बैठक तत्काल बसेर कार्ययोजना बनाउने र राजनीतिक प्रतिवेदनलाई पूर्णता दिने मुख्य निर्णयहरु बैठकले गरेको छ ।

सबै उपसमितिले पाँच दिनभित्र बैठक बसेर आवश्यक निर्णय गरी पार्टी पदाधिकारी बैठकमा अनुमोदनका लागि पेस गर्नुपर्ने समेत निर्णय गरिएको छ । अधिवेशनका प्रतिनिधि छनोट लगायत अन्य विषयमा अब बस्ने जिल्ला पार्टी पदाधिकारी बैठकले निर्णय गर्ने र विशेष सर्कुलरमार्फत् जानकारी गराइने अध्यक्ष न्यौपानेले बताए ।

जेठको १०, ११ र १२ गते एमाले चितवनको अधिवेशन हुन लागेको हो । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष न्यौपानेको संयोजकत्वमा ४९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन् ।
अध्यक्ष न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति बनाइएको छ । त्यसैगरी उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन उपसमिति, सचिव प्रकाश खनाल ‘शैलेश’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको नेतृत्वमा प्रचारप्रसार उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा सम्मान कार्यक्रम व्यवस्थापन उपसमिति,कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, रामबाबु सुवेदीको संयोजकत्वमा नारा लोगो डिजाइन उपसमिति, अन्जना गौतमको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, भक्तिप्रसाद गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति बनाइएको छ । यसैगरी बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीको संयोजकत्वमा समृद्ध चितवन निर्माण कार्यदल समेत बनेको छ ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button