बिज्ञापन

आज १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवससंगै क्युएनखबरको नवौँ वार्षिक उत्सव

आज मे १ तारिख अर्थात १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवस ।  आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्ष सफल भएको स्मरणमा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।

यस विशेष दिनमा, तपाईंको कडा मेहनत र समर्पणको
मान्यता र कदर होस्‌ !

सबै श्रमिकहरूलाई मजदुर दिवसको शुभकामना !

आज देखी क्युएन खबर नवौँ वर्षमा प्रवेश

आज मे १ तारिख बुधवार देखी क्युएन खबर नवौँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै क्युएन खबरका संचालक निमा भुसाल र सम्पादक अनिल मगरले आफ्ना पाठक, श्रोता, शुभेच्छुक, कतारमा रहेका विभिन्न, संघ संस्था, विज्ञापनदातालाई सम्झँदै आफ्नो कामलाई निष्पक्ष र अझै प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।

कतारमा हुने गतिविधि, नयाँ-पुराना नियम कानुन बारे जानकारी तथा हरेक स्थानिय खबरहरु नेपाली भाषामा प्रकाशित गर्दै अंग्रेजी नजान्ने नेपालीहरुमाझ पनि सत्य स्थानिय खबरहरु पुगोस भन्ने उदेश्यले मे १ तारिख २०१५ मा हाम्रोकतार, क्युएन रेडियो हुँदै स्थापना भएको थियो कतारको हालखबर, क्युनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
36
मनपर्‍यो
खुसी लाग्यो
114
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button