बिज्ञापन

चितवनमा अनुसन्धानसम्बन्धी कार्यशाला, झण्डै ४० प्रतिशत शोधपत्रमा बौद्धिक चोरी भएको भन्दै चिन्ता व्यक्त

चितवन, वैशाख १९-

चितवनमा क्याम्पसका प्राध्यापकहरुलाई अनुसन्धानसम्बन्धी सिप र दक्षता बढाउनको लागि कार्यशाला भएको छ ।

सप्तगण्डकी बहुमुखी क्याम्पस गणित विभागको आयोजनामा रिसर्च म्यानेजमेन्ट सेलको सहयोगमा सो एक दिने कार्यशाला सञ्चालन भएको हो ।
कार्यशालाको उद्घाटन गर्दै सप्तगण्डकी क्याम्पस सञ्चालन समितिका अध्यक्ष टेकबहादुर थापाले कक्षा १२ उतीर्ण गरेपछि युवाहरु नेपालमा नबस्ने प्रवृत्तिले चिन्तित बनाएको बताए । ५२ वर्षदेखि नेपालको शिक्षा प्रणाली जस्ताको तस्तै भएकोले यसमा धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले सुझाव दिए । नेपालको शिक्षा प्रणालीमा सुधार गर्नको लागि सबैको साझा प्रयास आवश्यक पर्ने उनको विचार थियो ।

त्यसैगरी कार्यक्रममा सप्तगण्डकी क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष तथा शिक्षा मन्त्रालयका पूर्वसल्लाहकार रमाकान्त सापकोटाले विश्वविद्यालयका प्राध्यापकहरुले पीएचडी गरेर नामको अगाडि डा. लेख्नुमात्र भन्दा पनि गुगलले चिन्नुपर्ने बताए । कार्यशालाबाट प्राध्यापकहरुले भरपुर लाभ लिएर ज्ञान विद्यार्थीलाई हस्तान्तरण गरी अध्ययन तथा अनुसन्धानमा प्रयोग गर्न सक्नुपर्ने उनले बताए । जन्मदेखि मृत्युसम्म मानिसको जीवनमा गणितको प्रयोग हुने भन्दै सापकोटाले गणितको प्रयोग र महत्वको बारेमा जानकारी गराए । उनले भने, ‘ बच्चा जन्मदा ग्रह नक्षेत्र हेरिन्छ, मर्दा पनि हेरिन्छ । जन्मदेखि मृत्युसम्म यसको प्रयोग हुने भएकोले सारा ब्रम्हाण्ड नै पूरा गणित छ । हरेक विषयसँग गणितलाई जोडेर पढाउने हो भने अध्ययन तथा अध्यापन सफल हुन्छ ।’ सापकोटाले गणित जानेको मानिस हरेक समस्याको समाधान छ भन्ने सोच्ने बताए । हरेक प्रश्नको उत्तर खोज्ने काम नै अनुसन्धान भएको बताए ।

सप्तगण्डकी बहुमुखी क्याम्पस रिसर्च म्यानेजमेन्ट सेलका संयोजक डा कपिलदेव सुवेदीले अहिले विद्यार्थीले स्नातकोत्तर तह लेख्ने शोधपत्रमा ३० देखि ४० प्रतिशत बौद्धिक चोरी गरेको भेटिने गरेको बताए । कतिपयले परम्परागत शैलीबाट शोधपत्र लेख्ने गरेको उनले बताए । अहिले सफ्टवेयरको प्रयोग बढेसँगै विद्यार्थीहरुले शोधपत्र लेखनमा चोरी गरेको पत्ता लगाउन सजिलो भएको जानकारी दिए । उनले यस्ता कार्यशालाले शोधपत्र लेखन र अनुसन्धानमा सहयोग पुग्ने आशा व्यक्त गरे । डा सुवेदीले भने, ‘ कार्यशालाबाट सिकेको ज्ञान अब लेखिने थेसिसमा प्रतिविम्वित हुनुपर्छ । क्याम्पसमा पढाउने प्राध्यापकले अनुसन्धानमूलक लेख प्रकाशनमा ध्यान दिनुपर्छ । अनुसन्धानमा संलग्न हुन चाहने प्राध्यापलाई अनुसन्धान कार्यको लागि विश्वविद्यालय अनुदान आयोगले र सम्बन्धित क्याम्पसहरुले पनि सहयोग गर्नेछन् ।’
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सप्तगण्डकी बहुमुखी क्याम्पस गणित विभागका प्रमुख मणिराज महतोले प्राध्यापकहरुले समय निकालेर यस्ता महत्वपूर्ण कार्यशालामा सहभागी हुन अनुरोध गरे । उनले भने, ‘क्याम्पसमा समयक्रमअनुसार आएका अनुसन्धानका नयाँ विधि र तरिकाहरुबारे अपडेट हुन नसके प्राध्यापकहरु सबै कमजोर हुँदै जान्छन् । जतिधेरै अपडेट हुँदै गयो त्यती नै सिक्ने र सिकाउने प्रक्रिया प्रभावकारी बन्छ ।’

कार्यशालामा सानोठिमी बहुमुखी क्याम्पसका प्राध्यापक तथा काठमाडौँ विश्वविद्यालयमा पीएचडी गर्दै गरेको टिकाराम पोखरेलले तथ्यांक विश्लेषण सफ्टवेयर एट्लासको प्रयोग र तथ्यांक विश्लेषणबारे सहजीकरण गरेका छन् । त्यस्तै कार्यशालामा अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गर्दै गरेका प्राध्यापक विनोदखण्ड तिमिल्सिनाले तथ्यांक विश्लेषणमा इन्डनोट सफ्टवेयरको बारेमा सहजीकरण गरेका छन् । कार्यशालामा सप्तगण्डकी बहुमुखी क्याम्पस, बालकुमारी क्याम्पस, वीरेन्द्र बहुमुखी क्याम्पस, मैयादेवी क्याम्पस, सहिद स्मृति क्याम्पस र भवानी शंकर क्याम्पसको गरेर विभिन्न विषय र विभागका ३० जना प्राध्यापकहरुको सहभागिता रहेको छ । क्याम्पसले आगामी दिनमा आर्टटीफिसिएल इन्टेलिजेन्स र जलवायु परिवर्तनबारे कार्यशाला गर्ने तयारी गरेको छ । कार्यशालामा क्याम्पस प्रमुख खिमलाल दाहालसहित विभिन्न विभागका विभागीय प्रमुखहरु, कार्यक्रम संयोजकहरुको सहभागिता रहेको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button