बिज्ञापन

देवघाटमा कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम अलमलमा, २०८३ सम्म बिजुली उत्पादनको लक्ष्य

चितवन, वैशाख २२–

गैँडाकोट र देवघाटको सिमाना कालीगण्डकी जलविद्युत् आयोजना निर्मााणको प्रारम्भिक काम रोकिएको छ ।

कालीगण्डकी किनारमा जग खन्न सुरु गरेको आयोजनाले अवैधरुपमा ढुंगा गिटी र बालुवा उत्खनन्को उजुरी परेपछि जिल्ला समन्वय समिति तनहुँको निर्देशनमा काम रोकेको हो ।

तर, आयोजनाले जग खनिएको गिटी बालुवा आयोजना निर्माणमा प्रशोधन गरी प्रयोग गर्ने गरी काम गरिरहेको जिल्ला समन्वय समितिलाई अवगत गराएको छ । आयोजनाले देवघाट गाउँपालिका र गैँडाकोट नगरपालिकाकासँग समन्वय गरेर काम गरिरहेको जनाएको छ ।

देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले मानिसहरुले आयोजनाबारे नबुझेर बिरोध गरिरहेको बताए । उनले भने, ‘ आयोजनाको जग खन्ने काम भइरहेको छ । मानिसहरुले अवैद्य नदी उत्खनन् भनेर आरोप लगाए । अहिले तनहुँतिरको खोलाको बगरमा खन्ने काम भइरहेको थियो । जिल्ला समन्य समितिको पत्रपछि रोकियो । आयोजनाले ढुंगा, गिटी र बालुवा बाहिर बेच्ने भन्दा पनि आफैँले प्रयोग गर्ने लक्ष्य राखेको छ । ’ उनले आफूहरु विकास आयोजनाको पक्षमा रहेको जानकारी दिए । उनले आयोजनाको ड्याममा मोटर बोट चलाएर पर्यटक समेत आकर्षित गर्न सकिने लक्ष्य रहेको बताए ।

३८.१६ मेगावाटको यो आयोजना निर्माण कार्य सुचारु गर्न विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गरेर सरोकारवालाहरुको राय सुझाव मागेको छ । मौलाकालिका हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको कालीगण्डकी जलविद्युत् आयोजना देवघाट गाउँपालिकाको १, ४ र ५ नम्बर वडा र गैँडाकाट नगरपालिकाको ३ नम्बर वडामा पर्छ । आयोजनाका लागि नदीको पानी फर्काउन १०६ मिटर लम्बाइ, १७ मिटर उचाइको ब्यारेज निर्माण गरिने जनाइएको छ । उक्त बाँधको उचाइ २०१ मिटर रहने छ । २०८३ जेठसम्म सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाबाट उत्पादिन विद्युत् भरतपुरको सबस्टेशनमा जोडिने जनाइएको छ ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button