बिज्ञापन

निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा दिनेशचन्द्र न्यौपाने निर्वाचित

चितवन,बैशाख २३-

निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा दिनेशचन्द्र न्यौपाने निर्वाचित हुनुभएको छ । उहाँ १ सय ६१ मतका साथ निर्वाचित हुनुभएको हो । अर्का उम्मेदवार भीष्म अधिकारीले ९२ र शिव प्रसाद लौडारीले ६ मत मात्रै प्राप्त गर्नुभयो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा माधब प्रसाद पोख्रेल निर्बिरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा छवि गौतम १ सय ९२ मत ल्याएर बिजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी शैलेन्द्र भट्टराइले ६४ मत मात्रै पाउनुभयो ।

महासचिवमा पुष्कर अधिकारी निर्विरोध निर्वाचित हुनुभयो भने सचिवमा १४६ मतका साथ शिव ढकाल निर्वाचित हुनुभयो । ढकालका प्रतिस्पर्धी उत्सव भट्टराइले ११० मत पाउनुभयो । कोषाध्यक्ष पदमा प्रकाश तिवारी ९२ मतका साथ निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धीहरू प्रकाश पौडेलले ६५, विष्णु लामिछानेले ३४ र बसन्त खरेलले ६५ मत प्राप्त गर्नुभयो । त्यसैगरी सदस्यहरुमा रसिक श्रेष्ठ, अरुण श्रेष्ठ, देवि प्रसाद भण्डारी, नमराज सिलबाल, आत्मराम कुमाल, रमाकान्त कोइराला, इन्द्र बहादुर भण्डारी, पदम अधिकारी र राजिव सडौला निर्वाचित हुनुभएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button