बिज्ञापन

जयनगर-जनकपुर-भङ्गहा रेल सेवा आजदेखि तीन दिनसम्मका लागि बन्द

काठमाडौं,बैशाख २३-

जयनगर–जनकपुर–भङ्गहा रेलसेवा आजदेखि तीन दिनसम्मका लागि बन्द गरिएको छ । भारत मधुवनी जिल्लाको भंझारपुरमा पर्सि अर्थात् मे ७ तारिखमा लोकसभा चुनाव हुन लागेकाले रेल सेवा तीन दिन बन्द गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले सूचना निकालेर जानकारी दिएको छ । चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले आजदेखि जयनगर–जनकपुर–भङ्गहा रेलसेवा बन्द गरिएको कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो ।

इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारतका दुवै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मङ्गलवारसम्म पूर्णरूपमा बन्द रहनेछ । बुधवारदेखि नियमितरुपमा रेल सेवा सञ्चालन हुने प्रबन्धक झाले जानकारी दिनुभयो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button