बिज्ञापन

स्टेसन मास्टर मस्त निदाएपछि…

नयाँ दिल्ली, वैशाख २३-

भारतीय रेल ढिला हुने घटना नौलो होइन । कहिले प्राविधिक गडबडीका कारण त कहिले खराब मौसमका कारण रेल घण्टौँसम्म अड्किरहन्छन् । तर, आगरा डिभिजनको एक स्टेसनमा एउटा रेलले हरियो झन्डाका लागि आधा घण्टासम्म कुर्नु पर्‍यो । स्टेसन मास्टर मस्त निदाएपछि रेल अगाडि बढ्न नसकेको हो ।

यो घटना उत्तर प्रदेशको इटावा नजिकैको उदी मोड रेलवे स्टेसनमा भएको हो । ड्युटीमै रहेको बेलामा स्टेसन मास्टर निदाएपछि पटना–कोटा एक्सप्रेस रेल झन्डै आधा घण्टासम्म ग्रीन सिग्नल पर्खेर बस्नु पर्‍यो । स्टेसन आगरा डिभिजन अन्तर्गत पर्दछ । यस घटनामा ठुलो दुर्घटना त भएन । तर घटनालाई गम्भीरतापूर्वक लिएर आगरा रेलवे डिभिजनले स्टेसन मास्टरसँग लापरबाहीको कारण माग गरिएको छ ।

‘हामीले स्टेसन मास्टरलाई चार्जशीट जारी गरेका छौँ र अनुसन्धानात्मक कारबाही भइरहेको छ,’ आगरा रेलवे डिभिजनका जनसम्पर्क अधिकारी ९पीआरओ० प्रशस्ति श्रीवास्तवले भनेका छन् । घटना भएको स्टेशनबाट भएर झाँसीबाट प्रयागराज जाने रेल पनि चल्थ्यो । स्टेसन मास्टरको लापरबाहीका कारण ठुलो घटना हुन सक्थ्यो ।

रेलको लोको पायलटले स्टेसन मास्टरलाई ब्युँझाउन बारम्बार हर्न बजाउनुपरेको थियो । स्टेसन मास्टरले आफ्नो गल्ती स्वीकारेर माफी मागेको बताइएको छ । ड्युटीमा रहेको पोइन्टम्यान ट्र्याक निरीक्षण गर्न गएकाले आफू एक्लै भएको उनको स्टेसन मास्टरले बताएका छन् । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button