बिज्ञापन

जिवी राईलाई झिकाइदिन मलेसियाका गृहमन्त्रीसँग नेपालका गृहमन्त्री रविको आग्रह

काठमाडौं,बैशाख २३-

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग सहकारी ठगी प्रकरणका मुख्य आरोपी जिवी राईलाई नेपाल झिकाउन सहयोग गरिदिन आग्रह गरेका छन्। लामिछानेको सचिवालयका अनुसार उनले टेलिफोन सम्पर्क गरी राईलाई झिकाइदिन सहयोगका लागि आग्रह गरेका हुन्।

राई सहकारी ठगी प्रकरणका प्रमुख आरोपी हुन्। गृहमन्त्री लामिछाने आफैपनि सहकारी प्रकरणमा जोडिएका छन्। चार दिन अगाडि मलेसियाली गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलले आफ्नो आधिकारिक फेसबुक पेजमा नेपालका गृहमहन्त्री रवि लामिछानेसँग आफ्नो कुराकानी भएको जानकारी दिएपनि जिबी राईको प्रसंग भने उल्लेख गरेका छैनन्।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button