बिज्ञापन

कैलालीका थारु समुदायमा भजहरको रौनक

कैलाली, वैशाख २३-
शनिबार कैलालीको भजनी नगरपालिका–९ पचमुुडियाका एक सय ७४ थारु समुुदायका घर परिवार बिहानैदेखि खुुला चौरमा गई बसे । लहरै खाना पकाउनका लागि चुुलो बनाइएको छ भने खाने कुुरा पनि राखिएका थिए । बिहानै गएका उनीहरु बेलुुका अबेर घर फर्र्किए ।

शनिबार नै कैलालीको घोडाघोडी नगरपालिका–८ दीपनगरका थारु समुुदाय पनि नदी छेउमा गई बसे । बिहानै गएका उनीहरु त्यहीँ खानपिन गरेर बेलुुका घर फर्किए । गएको मङ्गलबारदेखि बिहीबारसम्म घोडाघोडी नगरपालिका–११ सिसैंयाका ६२ थारु परिवार पनि कन्द्रा नदी किनारमा खुुला आकाशमुुनि त्यसैगरी बसेर फर्के । खानेकुुरासहित दुई रात बास बसेर उनीहरु घर फर्के ।

यसरी नदी छेउ गएर खुुला चौरमा उनीहरु कुुनै बाध्यताले नभई थारुहरुको महत्वपूर्ण पूजा भजहर मनाउन बसेका थिए । अहिले कैलाली कञ्चनपुुर लगायतका थारु समुदायमा भजहरको रौनक छाएको छ । भजहर मनाउन उनीहरु खुुला चौरमुुनि बसिरहेका देखिन्छन् । वैशाख महिनामा मनाइने यो पर्व थारु समुुदायले गर्ने पूजामध्ये एक हो । यो पूजासँगै थारु समुुदायमा लवाङ्गी पूजा, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुुन्छ भने, भजहर गर्मीयाम सुरु भएसँगै विभिन्न रोगव्याधिले सताउने हुँदा त्यस्ता रोग व्याधि नलागोस् भनेर पूजा गरिन्छ ।

भजहरको दिन बिहानै गुुरुवा मार्फत् नव दुुर्गाको पूजा गरिन्छ । दुर्गालाई खुशी पार्न पशुपंक्षीको बलि दिने, गुुरुवाले आफ्नो जिब्रो छेडेरे देवीलाई रगत चढाउने गरेको घोडाघोडी नगरपालिकाका नगर भल्मन्सा बुुधराम चौधरीले जानकारी दिनुभयो । यसले गर्दा महामारी, रोग व्याधि हट्ने मान्यता रहेको उहाँले बताउनुभयो । पूजाका लागि गाउँका सबै जना मिलेर पैसा सङ्कलन गरी भेडा, पाठी, सुुँगुुर, कुुखुुरा बलि दिने गरिन्छ ।

दुुर्गालाई पूजा गरे सुुख शान्ति छाउने र कुुनै पनि महामारीले नछुुने गुुरुवा पञ्चराम चौधरी बताउनुहुन्छ । पहिले र अहिले भजहर मनाउने तरिका केही फरक भएको छ । पहिले नौदेखि सात दिनसम्म भजहर बस्ने गरिन्थ्यो । अहिले एक दिन मात्रै बस्ने गरिन्छ । कतिपय समुुदायमा अहिले पनि पाँच दिन, तीन दिन र साढे दुई दिन पनि बस्ने गरिन्छ । कठरिया समुुदायमा दुई दिन पुुरा र एक दिन आधा बस्ने गरिन्छ जसलाई अढैया भजहर भन्ने गरेको घोडाघोडी नगरपालिका वडा न ११ का भलमन्सा गयाप्रसाद कठरियाले जानकारी दिनुभयो ।

भजहरको किम्वदन्ती

भजहरको सुरुवात कसरी भयो भन्ने कुरामा विभिन्न जानकारहरुका छुुट्टा छुुट्टै कथा र मान्यताहरु रहेको थारु संस्कृतिका अध्येता डा। रामप्रसाद चौधरी बताउनुहुन्छ । धेरै किम्वदन्तीमध्ये भजहर रामायणसँग जोडिएको प्रसङ्ग विशेष रहेको उहाँले सुनाउनुभयो । रावणको कब्जाबाट अयोध्या ल्याएपश्चात, जब रामले गर्भवती सीतालाई पुनः वनबास पठाउँछन् त्यतिबेला अयोध्यावासीले उनलाई घर बाहिर नै भोजन भण्डारा गराउँछन् । सोही कुराको स्मरण गर्दै थारु समुदायमा भजहर मनाउने चलन परम्परादेखि चल्दै आएको डा। चौधरी बताउनुहुन्छ ।

सीताको किम्वदन्तीसँग जोडिएको भजहरमा विस्तारै गुुरुवाहरुले दुुर्गाको पूजा आजा गर्ने चलन जोडिँदै गएको डा.चौधरीले जानकारी गराउनुभयो । उहाँका अनुुसार विशेषगरी गर्मी याममा विभिन्न रोग र महामारीको प्रकोप आउने हुुँदा त्यसबाट बच्नका लागि माता सीतासँगै दुुर्गाको पुुजा आराधना गर्दै भजहर मनाइने गरिन्छ । यसो गरे सम्पूर्ण महामारीबाट मुुक्त हुुने थारु समुदायको विश्वास छ ।

थारु समुदायको देवी–देवता पुज्ने, गाउँलाई महामारीबाट मुुक्त गर्ने, झारफुक गर्ने, भूतप्रेत लगायत अनिष्टबाट बचाउन हरेक गाउँमा गुरुवा हुन्छन् । गाउँमा दुःख बिमार एवं ठूलो विपत्ति आइपर्दा गाउँका भलमन्साले गुरुवालाई बोलाएर ठीक पार्ने गर्दर्थे । भजहर बसेन भने ठूलो विपत्ति आउने, महामारी र रोगव्याधिले सताउने मान्यता रहेको घोडाघोडी नगरपालिका वडा नं ८ का भलमन्सा दिपेन्द्र चौधरी बताउनुहुन्छ । जति नै ठूलो विपत्ति आइपरे पनि भजहरले निर्मूल पार्ने विश्वास थारु समुदायमा रहेको उहाँले जानकारी गराउनुभयो ।

भजहरसँग विशेष गरेर महिला जोडिने गर्दछन् । महिलालाई खुुसी राख्न सके परिवार र गाउँ समाज नै सुुखी हुुने विश्वासका साथ पनि भजहरलाई हेर्ने गरिन्छ । घरधन्दा र खेतीपातीमा व्यस्त महिला स्वतन्त्र रुपले घुम्न नपाउने अवस्थामा भजहरले सबैलाई एक ठाउँमा जम्मा हुने अवसर जुटाउने गर्दछन् ।

भजहरमा सबै जना जम्मा भएर एक अर्काका सुुख दुुःख साट्ने गरेको भजहरमा सहभागी घोडाघोडी नगरपालिका–३ की सीता चौधरी बताउनुहुन्छ । भजहरको बेला गाउँका सबै महिला दिदीबहीनी एक ठाउँमा जम्मा हुने, स्वतन्त्र रुपमा आफ्ना सुखदुःखका कुरा साटासाट गर्ने, सँगै पकाउने खाने, नाचगान गर्ने र खुला आकाशमुनि सुतेर रमाइलो गर्ने परम्परा रही आएको छ । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button