बिज्ञापन

बेकरी उद्योगबाट मनग्य आम्दानी गर्दै युवा

कैलाली, वैशाख २३-
कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश मानिसहरु रोजगारीका लागि भारत जाने थालेको लामो समय भइसक्यो । भिसा पनि नचाहिने र रोजगारी पनि पाइने भएकाले यहाँका अधिकांश वर्षेनी भारत प्रवेश गर्छन् ।

भारतको मुम्बई, दिल्ली, सुरत, पुना, पञ्जाब, बैङ्लोर, हरियाणा, ऋषिकेशलगायतका स्थान रोजगारीका लागि नेपालीको रोजाइमा पर्ने सहर हुन् । तर धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीका आशीषराज शर्मा भने स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि जागिर दिनुभएको छ ।

उहाँले अहिले सोही स्थानमा ‘हप्पी होम बेकरी एण्ड क्याफे’पाउरोटी उद्योग खोली व्यापार गर्दै आउनुभएको छ । उक्त उद्योगमा उहाँले स्थानीय र भारतीय गरी पाँच जनालाई कामदारका रुपमा रोजगारी दिनु भएको छ ।

कामदारलाई मासिक रु १६ हजारदेखि रु २८ हजारसम्म मासिक तलब दिँदै आउनुभएको छ । उहाँले १२ जनाको परिवारको जोहो यसैबाट पु¥याउँदै आउनुभएको छ । पुख्र्यौली घर अछामबाट एसएलसी पास गरी अध्ययनका लागि काठमाडौँ जानुभएका उहाँले प्रमाणपत्र तह अध्ययन पूरा गर्नुभएको छ ।

बेकरी उत्पादनमा सीप भएका भिनाजुसँग सीप सिकेर उहाँले सुरुमा धनगढीको मिलनचोकमा पाउरोटी उद्योग सञ्चालन गर्नुभयो । तर हा भने उहाँले धनगढीको बैयाबेहडीमा उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।पाउरोटी उद्योगबाट औसतमा मासिक रु १० लाख कारोबार हुने गरेको उहाँको भनाइ छ । उहाँले खर्च कटाएर रु एक लाख बचत हुने गरेको बताउनुभयो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button