बिज्ञापन

जसपा विभाजनसँगै त्रसित नेपाल र लामिछाने

काठमाडौं ,बैशाख २५-

जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल विभाजन भएसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समेत विभाजन हुने बताइएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र रास्वपा अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीलाई फुटबाट जोगाउन आन्तरिक छलफलाई तीव्रता दिएका छन् । सोमबार एकीकृत समाजवादीको काठमाडौंमा संसदीय दलको बैठक बस्यो । मंगलबार रास्वपाको संसदीय दलको बैठक बस्दै छ । दुवै दलले आफ्ना सांसदलाई पार्टीको नियन्त्रणमा राख्ने प्रयास जारी राखेका छन् ।

नेपाली कांग्रेसले वर्तमान गठबन्धन फुटाएर नयाँ गठबन्धन बनाउने र सरकार गठन गर्ने गृहकार्य थालेपछि सत्तारूढ दलहरू विभाजनको संघारमा पुगेका हुन् । जसपा नेपाल विभाजन भएपछि चिन्तित बनेका नेपाल र लामिछानेले आफ्नो पार्टीलाई फुटबाट जोगाउन सांसदहरूलाई नियन्त्रणमा राख्दै ‘दायाँबायाँ’ नगर्न कडा निर्देशनसमेत दिएका छन् ।

दुवै दलमा रहेका केही सांसद जसरी पनि मन्त्री हुनुपर्ने लबिङमा रहेको र जुनबेला पनि विभाजनतर्फ लाग्ने चर्चा राजनीतिक वृतमा भइरहेको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरिसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाललाई र अर्का नेता शेखर कोइराला समूहले ओलीलाई प्रधानमन्त्री बनाउन खोजेको बताइएको छ ।

प्रतिपक्षमा रहेको कांग्रेसले गठबन्धन फुटाउन खोजेको छ तर छुटाछुटै समूहबाट अगाडि बढ्न खोजेपछि असफल भएको छ । कांग्रेसको यो चाल बुझेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीले वर्तमान गठबन्धन छोड्ने भएपछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गराएको कतिपयको विश्लेषण रहेको छ । राजधानी दैनिकमा खबर छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button