बिज्ञापन

कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गर्‍यो, उनीहरूले जानेकै त्यति होः रवि

काठमाडौं, वैशाख २५-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको बताएका छन् ।

रास्वपाको संसदीय दलको बैठकमा मंगलबार समसामयिक विषयमा धारणा राख्ने क्रममा लामिछानेले कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको बताएका हुन् ।

‘गठबन्धनमा संकट ल्याउने नेपाली कांग्रेसको प्रयास छ । तर आएको छैन,’ गृहमन्त्री समेत रहेका लामिछानेलाई उद्धृत गर्दै सहप्रवक्ता मनीष झाले भने, ‘कांग्रेसले कताकताको निर्देशनमा गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको छ । नेपालको राजनीतिमा त्यो स्वभाविक हो, उनीहरूले जानेकै त्यति हो ।’

समसायिक, बजेट अधिवेशन र उपनिर्वाचन समीक्षाका लागि रास्वपाले संसदीय दलको बैठक बोलाएको थियो । समय अभावका कारणले उपनिर्वाचनको समीक्षा भने गर्न नसकिएको झाले बताए ।

‘बजेट अधिवेशनको तयारी कसरी गर्ने, विभिन्न साझेदार दलसँग छलफल गर्ने, अघिल्लो अधिवेशनको भन्दा संसद्‌मा राम्रो गर्ने छलफल भयो’ झाले भने ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button