बिज्ञापन

नेपाल निवृत्त शिक्षक समाज चितवन हिजोदेखि आजसम्म

रमाकान्त सापकोटा

२०८१ वैशाख ६ गते सम्पन्न सातौ जिल्ला अधिवेशनबाट बनेको नेपाल निवृत्त शिक्षक समाज जिल्ला समिति चितवनको बैठक वैशाख २४ गते भरतपुरमा बस्यो । परिचय, शुभकामना र बधाई ज्ञापनका साथ प्रारम्भ भएको बैठकमा आगामी कार्ययोजनाको सवालमा सुझाव संकलन भएको थियो । अनुभवको सम्प्रेषण र सुझाव दिने क्रममा सेवा निवृत्त शिक्षकहरूले नागरिक स्वाथ्य बिमाबाट लिन सकिने लाभ र त्यसको व्यवस्थापन, ज्येष्ठ नागरिकका अधिकार तथा सामाजिक सुरक्षाको सवाल, स्वास्थ्य शिविरको सञ्चालन आयुर्वेद, आयुर्विज्ञान, योग जस्ता लाभकारी विषयमा अभ्यास र जागरण, आन्तरिक तथा बाह्य भ्रमणको संयोजन, नेपाल निवृत्त शिक्षक समाज चितवनको कार्यालय प्रयोजनको लागि प्रयोगमा नआएका सार्वजनिक ÷शैक्षिक संस्थाको घर जग्गा उपभोग गर्न पाउने गरी स्थानीय निकायसँग आवश्यक पहल गर्ने , अभिभावक शिक्षा, स्थानीय पाठ्यक्रम गुणस्तरीय शैक्षिक व्यवस्थापन तथा शिक्षण सिकाइमा सहजीकरण गर्न निवृत्त शिक्षक मध्येबाट विज्ञको सूची तयार गरी स्थानीय पालिकालाई बुझाउने जस्ता कार्य सम्पादन गर्ने कुरा योजनामा समेट्न सुझावहरू आएका थिए ।

आवश्यक कागजपत्र जुटाउन तथा निवृत्तिभरण, उपादानलगायतका सुविधा प्राप्त गर्नमा कठिनाइ भोगिरहेका निवृत्त शिक्षक र निजका परिवारलाई परामर्श सेवा उपलव्ध गराउने, खुसी रहने क्रियाकलाप र अभ्यास मार्फत् जीवन गुणस्तरीय बनाउने र अरूलाई प्रेरित गर्न प्रयत्न गर्ने, हाम्रा राम्रा अभ्यासको निरन्तरता दिँदै अरुका राम्रा अभ्यासको अनुकरण गर्ने जस्ता सुझाव प्रस्तुत भएका थिए । त्रिशूली, गण्डकी, काली, सेती, मादी , दरौंदी मस्याङ्दी नदी नारायणीमा मिसिए जस्तै विभिन्न शिक्षक संघ संगठनमा बाँडिएका शिक्षकहरू निवृत्त भएपछि अब सबै सेवा निवृत्त शिक्षक समाजमा अटाएको प्रसङमा चर्चा गर्दै कार्यरत शिक्षक, अभिभावक, सरकारका प्रतिनिधिसँग बिगतमा भन्दा थप परिणाममुखी हुने गरी शैक्षिक अन्तरक्रिया गर्ने पनि सुझाव प्रस्तुत भए स्वर्गीय शिक्षकको हकवाला परिवारलाई नेपाल निवृत्त शिक्षक समाजको सदस्यता दिने, संस्थाको आर्थिक पारदर्शिता आगामी महाधिवेशनमा संशोधन गर्ने विधानका प्रावधान बारेमा समेत केही सुझाव प्रस्तुत भएका थिए ।

घुम्ती बैठकहरूको आयोजना गर्ने , धर्म, संस्कार, राजनीतिक आधारमा विभाजित समाजलाई मानवताका आधारमा जोडिरहन सहजीकरण र समन्वय गर्नमा सेवा निवृत्त शिक्षकहरूको भूमिका हुने समेत बैठकमा चर्चा भयो । सेवा निवृत्त शिक्षक समाज चितवनका अध्यक्ष कमलीकान्त घिमिरेको अध्यक्षतामा बसेको र सचिव नारायणप्रसाद भट्टराईले सञ्चालन गरेको सो बैठकमा समाजका केन्द्रीय अध्यक्ष ध्रुवराज शर्मा अर्याल , केन्द्रीय सल्लाहकार तथा विज्ञ विभाग प्रमुख रमाकान्त सापकोटा , केन्द्रीय सल्लाहकार तथा चितवनका संस्थापक अध्यक्ष लकाश पौडेल, केन्द्रीय सदस्य हरिप्रसाद न्यौपाने, प्रदेश उपाध्यक्ष एकराज शर्मा पोखरेल, केन्द्रीय प्रतिनिधिहरू केदारनाथ खनाल, ईन्दिरादेवी शर्मा अर्याल, शिवराम बराल , भक्तिराम गौतम, विष्णु लम्साल, पदमराज बर्तौला , जिल्ला सल्लाहकाहरू हरिप्रसाद आचार्य , भुवानीप्रसाद पौडेल, हरिराज पौडेल , सिद्धराज लेखक ,चन्द्रदत्त उपाध्याय ,पूर्वसचिव भानुप्रसाद उपाध्याय , जिल्ला समितिका सदस्यहरू, सातवटै पालिकाका अध्यक्षलगायतले शुभकामना , बधाई र विभिन्न विषयमा सुझावहरू राखेका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष तेजेन्द्र प्रसाद भुसालले शिक्षक दिवशमा प्रकाशित आफ्नो संस्थाको एक÷एक थान स्मारिका जिल्ला समिति र सातवटै पालिकालाई हस्तान्तरण गर्दै शुभकामना र बधाई प्रदान गरेका थिए । प्राप्त सुझावलाई क्रमशः कार्यान्वयन गर्दै जाने गरी अर्को बैठकमा कार्ययोजना बनाउने प्रतिबद्धता अध्यक्ष कमलीकान्त घिमिरेबाट व्यक्त भएको थियो ।

स्मरणीय छ सेवानिवृत्त शिक्षक समाज चितवनमा २०५४ सालमा लकाश पौडेलको अध्यक्षतामा गठन भएको पहिलो जिल्ला तदर्थ समितिमा, केदारनाथ खनाल, चेतनाथ बराल , पीताम्बर शर्मा, रमा घिमिरे सदस्यहरू थिए भने भीष्मकान्त अधिकारी, यज्ञमणि न्यौपाने , गोबिन्दप्रसाद भट्टराई सल्लाहकार थिए । २०५७ सालमा ललितपुरमा केन्द्रीय समिति दर्ता भएको थियो । २०६४ सालमा चितवनले संयोजन गरेको भेला र त्यस पछिका विशेष प्रयत्न स्वरूप नेपाल निवृत्त समाज बिस्तार हुँदै आएर अहिले ६५ जिल्लामा फैलिएको छ । नेपाल निवृत्त शिक्षक समाज चितवनमा संगठित आजिवन सदस्य संख्या एक हजार ३०० भन्दा बढी छ । अहिले सम्म ६५ जिल्लामा बिस्तार भएको निवृत्त शिक्षक समाजमा सबैभन्दा धेरै आजीवन सदस्य संख्या चितवनमा रहेको पाइएको छ ।

(शिक्षा मन्त्रालयका पूर्वसल्लाहकार रमाकान्त सापकोटा निवृत्त शिक्षक समाज केन्द्रीय समितिको सल्लाहकार तथा विज्ञ विभाग प्रमुख हुन् )

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button