बिज्ञापन

चितवनबाट इञ्जिनियरिङ पढ्न काठमाडौँ गएकी स्नेहा लामिछाने ६ दिनदेखि बेपत्ता

चितवन, वैशाख २५-

चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी स्नेहा लामिछाने ६ दिनदेखि बेपत्ता भएकी छन्।

काठमाडौँ कलंकी मामाघरमा बसेर कम्प्युटर इञ्जिनियरिङ पहिलो समेस्टर पढ्ने २२ वर्षीय उनी वैशाख १९ गतेबाट बेपत्ता भएकी हुन् ।

स्नेहा हराएपछि उनको परिवार र आफन्तजनहरु अहिले खोजीमा जुटेका छन् । स्नेहाको काका दिपक लामिछानेका अनुसार वैशाख १९ गते उनी मामाघरमा हजुरआमा निदाएको समयमा घरबाट कलेज व्याग बोकेर कलंकी खसी बजारतिर लागेकी थिइन् । मामाघरको सानो गल्ली बाटोबाट बिहान ११ बजेर ५७ मिनेट जाँदा कलंकी खसीबजार जाँदै गरेको सीसीटीभी फुटेजमा देखिन्छ । कालो पाइन्ट र शर्ट लगाएकी उनी खसी बजारबाट रिङरोड घुम्ने बस चढेको सम्म सीसीटीभीमा देखिएको मामा दिपकले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ काठमाडौँ र चितवनका विभिन्न ठाउँमा आफन्तलाई भनेर खोजी गरिरहेका छौं तर भेट्न सकेका छैनौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीसी क्यामरामा समेत हेर्दा देखिएन । अहिले उनको खोजी गरिदिन काठमाडौँ प्रहरीमा निवेदन दिएका छौं ।’

स्वेता सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टर पढ्दै आएकी थिइन् । हराउने दिन बिहानसम्म चितवनमा रहेका उनको बुबा नेत्रबहादुर लामिछाने र आमा रोजिना लामिछानेसँग कुराकानी भइरहेको थियो । बुबाले छोरीलाई कुनै समस्या परेको आफूहरुलाई थाहा नभएको बताए । ममी रोजिनाका अनुसार स्वेता फागुन १६ गते भाइको जन्मदिनमा चितवन आएर काठमाडौँ फर्किएकी थिइन् । उनले एसईई सगरमाथा बोर्डिङ र १२ कक्षा न्यू क्यापिटल कलेजबाट उतीर्ण गरेकी हुन् । परिवारले आफ्नै खर्चमा इञ्जिनियरिङ पढाएको बुबा नेत्रबहादुरले बताए । उनले भने, ‘ कता गइन् के गरिन् केही जानकारी आएको छैन । खोजीमा सबैजना जुटिरहेका छौं ।’ दुई छोरी र एक छोरासहित पाँच जनाको लामिछाने परिवारमा स्वेता कान्छी छोरी हुन् । देख्ने जोकोहीले ९८६५१९५४६६ मा सम्पर्क गर्न वा प्रहरीलाई खबर गरिदिन परिवारले सबैसँग अनुरोध गरेका छन् ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button