बिज्ञापन

चितवन निकुञ्जमा साउनयता पर्यटनबाट २६ करोड आम्दानी

चितवन,जेठ १-

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म चितवन राष्ट्रिय निकुञ्जले पर्यटन मार्फत २६ करोड ७१ लाख ५३ हजार ५० रुपैयाँ राजश्व आम्दानी गरेको छ । चितवन निकुञ्ज दुर्लभ वन्यजन्तु ठूलो एकसिंगे गैंडा, पाटो बाघ, घडियाल गोहीलगायतका जीवजन्तुको नेपालमा मुख्य बासस्थल हो । नेपालको पहिलो निकुञ्ज चितवन निकुञ्ज वन्यजन्तु पर्यटनको मुख्य गन्तब्य समेत हो ।

चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको १० महिनामा एक लाख ६१ हजार ८२७ स्वदेशी, सार्क राष्ट्रका २६ हजार ४६१ र ८४ हजार ६५४ विदेशी गरी कुल दुई लाख ७२ हजार ९४२ जनाले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन् । पर्यटक प्रवेश शुल्कबाट मात्रै २२ करोड ४३ हजार ५० रुपैयाँ राजश्व आम्दानी भएको संरक्षण अधिकृत तिवारीले जानकारी दिए ।

निकुञ्ज आउने पर्यटकले अनुभवी पथ प्रर्दशक (नेचर गाइड)को सहयोगमा पैदलै जंगल घुम्ने, मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा हात्ती सफारी गर्ने, निकुञ्ज या मध्यवर्ती वनमा जीप सफारी गर्ने, निकुञ्ज हुँदै बग्ने खोला र नदीहरूमा डुंगा सफारी गर्छन् । ‘यी सवैखाले गतिविधि खास गरेर जीप सफारीबाट पनि राजश्ज आम्दानी हुन्छ । चालु आर्थिक वर्षमा निकुञ्जले पर्या-पर्यटनबाट गरेको आम्दानी २६ करोड नाघि सकेको छ,’ तिवारीले भने ।

निकुञ्जले विभिन्न पाँच शीर्षकमा राजश्व संकलन गर्छ । चालु आर्थिक वर्षको १० महिनामा ३१ करोड ५७ लाख १३ हजार १७१ रुपैयाँ राजश्व आम्दानी भएको सूचना अधिकारी तिवारीले बताए । जसमध्ये पर्या-पर्यटनबाट हुने राजश्व आम्दानीको हिस्सा अरु शीर्षकको भन्दा धेरै नै बढी हो । कोरोनाका कारण शिथिल हुँदै गएको पर्यटन व्यवसायमा सुधार हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button