अमिर कपको फाइनल खेलको टिकट बिक्री सुरु

५२ औं अमिर कप प्रतियोगिताको फाइनल खेलका लागि टिकट बिक्री खुला गरिएको छ ।
अनलाइन बाट खरिद गर्न मिल्ने टिकटको दर १०,३० र ५० रियाल तोकिएको छ ।
यो वर्ष अमिर कपको फाइनल खेल एजुकेसन सिटी रंगशालामा मे २४ तारिक शुक्रबारको दिन बेलुका ७ बजे हुने कतार फुटबल एसोसिएसनले जनाएको छ ।
टिकट खरिद गर्न यहाँ थिच्नुहोस ।
कतारको अमिर शेख तमिम बिन हमाद अल थानी उपस्थित हुने समापन समारोहमा उपाधिको लागि अल साद र कतार स्पोर्ट्स क्लब बिच खेल हुँदैछ ।
अमिर कपलाई कतारको सबैभन्दा महत्त्वपूर्ण घरेलु फुटबल पनि प्रतियोगिता मानिन्छ ।