बिज्ञापन

ट्याक्सी,डेलिभरी बाइक र बस सडकको बायाँ लेनमा कुदाउन नपाउने

लिमोजिन,ट्याक्सी,डेलिभरी बाइक र २५ सिट भन्दा माथी भएका बस सडकको बायाँ लेनमा कुदाउन नपाउने नियम लागू भएको छ ।

आज मे २२, २०२४ देखि लागू हुने गरी ट्राफिक कानूनको दफा नं ४९ को प्रावधान अनुसार २५ भन्दा बढी यात्रु भएका बस, ट्याक्सी, लिमोजिन र मोटरसाइकललाई तीन वा सो भन्दा बढी लेन भएको सडकको बायाँ लेनमा प्रयोग गर्न निषेध गरिएको मन्त्रालयले आज एक पत्रकार सम्मेलन मार्फत बताएको छ ।

यद्यपि ईन्टरसेक्सन आउन कम्तीमा तीन सय मिटर अगाडि भने लेन परिवर्तन गर्न पाइनेछ ।

नियम उल्लङ्घन गर्ने चालकलाई कडा सजाय हुने मन्त्रालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
6
मनपर्‍यो
खुसी लाग्यो
20
खुसी लाग्यो
दुःख लाग्यो
21
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
12
रीस उठ्यो
बिज्ञापन
Back to top button