बिहीबारदेखि कतारमा ‘फर्की फर्की’ प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरूङ अभिनीत फिल्म ‘फर्की फर्की’ कतारको हलहरुमा प्रदर्शनमा आउने भएको छ।
फिल्म जेरो वान,सिटी सेन्टर,एसियन टाउन र अल खोर मलमा भोलि मे २३ देखि प्रदर्शनमा आउन लागेको हो ।
नेपालसँगै मध्यपूर्वमा एकैदिन रिलिज हुनेमा ‘फर्की फर्की’ पहिलो फिल्म रहेको प्रदर्शन अधिकार लिएको नीप फिल्मले जनाएको छ।
सुयोग गुरूङको लेखन एवं निर्देशन रहेको ‘फर्की फर्की’ मा अनमोल र जसितासहित रवि काफ्ले र समृद्धि अर्यालको मुख्य अभिनय छ।