बिदाबाट फर्कने ड्राईभर/अपरेटरपदका कामदारले पुन श्रम स्वीकृति लिन अनिवार्य लाइसेन्स देखाउनु पर्ने

वैदेशिक रोजगार बाट बिदामा नेपाल फर्केका कामदारले पुन श्रम स्वीकृति लिन आफ्नो पेशा बमोजिमको कागजात पेश गर्नुपर्ने नियम अघि ल्याएको छ । नेपालबाट विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारहरुका भिसा (प्रवेशाज्ञा), कम्पनीसँग भएको संझौतापत्र (करारपत्र) तथा नेपालस्थित वेदेशिक रोजगार विभाग अन्तरगतका कार्यालयवाट जारी हुने निजहरुकों श्रम स्वीकृति सम्बन्धी विवरणमा पेशा लगायतका विवरणमा एकरुपता नहुँदा पुनः श्रम स्वीकृति जारी गर्न व्यवहारिक कठिनाई उत्पन्न भएको र नेपालमा बिदामा गएका कतिपय कामदारहरुकों भिसा, करारपत्र तथा श्रम स्वीकृति सम्बन्धी कागजातमा उल्लेखित विवरणहरु फरक पर्न गई पुनः श्रम स्वीकृति लिने प्रकृयामा कानुनी तथा व्यावहारिक कठीनाई उत्पन्न भएकाले सो नियम लागू गरेकोे कतार स्थित नेपाली दूतावासले जानकारी गराएको छ ।
नयाँ नियम अनुसार पुन श्रम स्वीकृति लिन कम्पनी सँगको सम्झौता पत्र , कतारी भिसा , आईडीमा उल्लेख भएको पेशा अनुरुपको कागजपत्र पेश गर्नुपर्ने भन्दै कतार स्थित नेपाली दूतावासले सूचना प्रकाशित गरेकोे छ ।
बिदामा नेपाल जादै हुनुहुन्छ, त्यसो भए अब के गर्ने ?
आफू कार्यरत कम्पनीमा काममा पुन: फर्कने गरी विदामा नेपाल जानु हुने नेपालीहरुकों हकमा विदामा जानुपूर्व रोजगार करार संझौतापत्र, कतारी भिसा र आईडिमा उल्लेख भएको पेशा खाश गरी ड्राईभर/अपरेटर जस्ता पेशा भएकाहरुले आफ्नो प्राविधिक दक्षता तथा सीपसँग मिलने प्रमाणपत्र (लाईसेन्स आदी) अनिवार्य रुपमा साथे लिएर मात्र बिदामा जाने ।
हाल कार्यरत पेशा र रोजगार करार संझौतापत्र वा कतारी आईडीमा उल्लेख भएको पेशा फरक परेको भएमा विदामा नेपाल जानुपूर्व आफू कार्यरत कम्पनीलाई अनुरोध गरी आफ्नो पेशा बमोजिमको कागजात उपलब्ध गरी सोही कागजातका आधारमा नेपाल जाने ।