सनैया क्षेत्रमा नँया अन्डरपास रोड खुल्यो

सार्वजनिक निर्माण अधिकारी (अश्घलले) अर्को नँया अन्डरपास संन्चालनमा ल्याएको छ।सनैया स्थित ड्रागनमार्ट संगै रहेको अल वतन राउन्डबाउट मुनीको अन्डरपास बिहीबार देखि खुल्ला गरिएको हो।यो तीन लेनको रहेको छ।

करीब १ किलोमिटर लामो उक्त अंडरपास रदत अल खेल स्ट्रिट विस्तार अन्तर्गत इस्ट इन्डस्ट्रियल इन्टरचेन्ज रोडको एक खण्ड रहेको छ।

अन्डरपास र यसैको माथी हालसालै संन्चालनमा आएको आकासेपुलले इस्ट इन्डस्ट्रियल रोड मा ट्राफिक घटाउने विश्वास गरिएको छ भने यहाँ बाट इन्डस्ट्रियल एरिया देखि सल्वा रोड हुँदै सिधै दोहा तर्फ जान ठुलो राहत मिल्ने अश्घलले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button