कुवेतको भवन आगलागीमा ४१ कामदारको मृत्यु

कुवेतको मंगाफ क्षेत्रमा भएको भवन आगलागीमा ४१ व्यक्तिको मृत्यु भएको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार ४३ जना घाइते भएका छन्। आगलागी भएको भवनमा १९६ विदेशी कामदार बसोबास गर्दथे । मन्त्रालयले मृत्यु हुने नागरिकको देश खुलाएको छैन । यद्यपि विभिन्न स्रोतअनुसार हालसम्म १० भारतिय र ५ मलेसियन नागरिकको पहिचान खुलेको छ ।
आन्तरिक मन्त्रालयका मेजर जनरल ईद अल-ओवाइहानका अनुसार आगलागीको कारण धुवाँले सास फेर्न नसकेका कारण धेरैको मृत्यु भएको हो। यो घटनामा भवन मालिकलाई पनि गिरफ्तार गरिएको छ।