बिज्ञापन

कतारामा हुनेछ इद अल–अधाको आतिशबाजी

ईदको पहिलो ३ दिन (आईतवार देखी मंगलवार सम्म) 

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद अल–अधाको पहिलो दिन आइतवार जुन १६ तारिख  रहने अकफ तथा इस्लामिक मामिला मन्त्रालयले जनाएको छ । इदको पहिलो प्राथना बिहान ४:५८  मा गरिने छ ।

कतार श्रम मन्त्रालयले निजी क्षेत्रका लागि इद उल फित्रको तीन दिन बिदा दिएको छ ।  कुनै कम्पनीले थप १ दिन आज शनिबार देखी नै बिदा पनि दिन सक्नेछन् ।

तपाईंले यो बिदामा आतिशबाजी हेर्ने मन लागेको छ भने कतारा सांस्कृतिक गाउँमा इद अल अधको अवसरमा आतिशबाजी  प्रदर्शन हुँदैछ ।

कतारा सांस्कृतिक गाउँमा इद उल फित्र आतिशबाजी प्रदर्शन

  • मितिहरू: ईदको पहिलो ३ दिन (आईतवार देखी मंगलवार सम्म)
  • मूल्य: नि: शुल्क
  • समय: राती १० बजे देखी १०:१० बजे सम्म
  • स्थान: कतारा कर्निश

पुरानो दोहा पोर्टमा ईद अल अधा २०२४ उत्सव

पुरानो दोहा बन्दरगाहको रोमाञ्चक ईद अल अधा 2024 उत्सवहरूमा समुद्री परम्परागत ब्यान्ड प्रदर्शन, बच्चाहरूको कार्निभल खेल बुथहरू र पानी खेलकुद खुला दिन प्रस्तुत हुनेछ।

  • मिति, समय र स्थान:
    • परम्परागत समुद्री ब्यान्ड: १६-१९ जुन २०२४ | अल बन्दर, पुरानो दोहा पोर्ट
    • बालबालिकाका खेल बुथहरू: १६-२२ जुन २०२४ | मिना जिल्ला
    • पानी खेलकुद खुला दिन: १६-१९ जुन २०२४ | मिना कोर्निश
  • मूल्य: नि: शुल्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
बिज्ञापन
Back to top button