कतारमा नेपाली समुदायले पनि मनायो अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस कतारमा पनि मोटरसाइकल र्‍याली, म्याराथुन जस्ता बिभिन्न कार्यक्रम गरी मनाइएको छ । कतार रेड क्रेसेन्टले आयोजना गरेको विभिन्न कार्यक्रमहरुमा विभिन्न आप्रवासी समुदायको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।
कतार रेडक्रेसेन्टका महासचिव अलि बिन हसन अल हम्मादी को प्रमुख आतिथ्यमा ‘अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस-२०१७” कार्यक्रम सञ्चालन भएको थियोे भने स्वयंसेवक बिभागका प्रमुख अहमद अल खुलैफी को पनि उपस्थिति रहेको थियो।
कार्यक्रम लाई भब्य सभ्य बनाउन अल अहली स्पोर्ट्स क्लबले बिशेष प्रभावकारी भुमिका खेलेको थियो ।
प्रत्येक बर्ष हर्षोल्लास साथ  मनाइने यस अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसमा पहिलो पटक नेपाली समुदायको उपस्थिति रहेको थियो।

यस बृहत् कार्यक्रममा नेपाली समुदायको उपस्थिति का निम्ति कतार कतार रेडक्रेसेन्टमा नेपाली स्वयंसेवक सेवक तथा कम्युनिटीको अर्डिनेटर प्रोफेसर मोहम्मद रमजान अलि मियाँले कतार रेडक्रेसेन्ट सँग समन्वय गरेका थिए भने एनआरएन ए – एन सि सी कतारले, कतारमा रहेका भिभिन्न नेपाली संघ संस्थाहरु सँग समन्वय गर्ने कार्य गरेको थियोे र नेपाली महिला समाज कतार प्रवासी नेपाली मन्च कतारले पनि समन्वयकारी भुमिका निर्वाह गरेका थियो ।

एनआरएनए-आइसि सी संरक्षक डा. देवकाजी डङ्गोल, एनआरएन-एनसिसि युवा सम्योजक माया केसी ,कार्यवाहक अध्यक्ष तेज कटुवाल ,महासचिव बुधवल गुरुङ्ग ,प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेल,पुर्व अध्यक्ष रामहरी गैह्रे ,महिला समाज कतारकी उपाध्यक्ष अमीना खान ,महासचिव अम्बिका खत्री, बसन्त फिल्म्सका ईश्वर काफ्ले, व्यवशायी तथा समाजसेवी रमेश भट्ट लगायत संचारकर्मी रबि भट्ट रोषि, महेश्वोर नेपाल, यम पि पोख्रेल, टेक राज थापा लगायत अन्य व्यक्तित्व हरुको कार्यक्रममा उलेख्य उपस्थिति रहेको थियो।

१.५ किलो मिटर म्याराथुन मा ईश्वर काफ्ले, निमा भुसाल र टेक राज थापा र त्यस्तै खिम राना, इमान सिङ ठकुरी, बुद्धी प्रसाद भण्डारी, राम हरी गैरेले १ किलो मिटर म्याराथुनमा भाग लिएका थिए ।

फोटो फिचर 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button