बिज्ञापन

भ्रष्टाचारविरोधी अभियन्ता भन्दै ठगी गर्ने चारजना पक्राउ

काठमाडौं,असार ४-

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउँदै ठगी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । सोमबार (हिजो) उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर–८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर–१ की २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर–२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् ।

उनीहरूले आफूलाई अभियन्ता बताएर गैरकानुनी रूपमा संस्था खोली ठगी गरेको भन्दै प्रहरी वृत्त बौद्धमा जाहेरी दिइएको थियो । गोकर्णेश्वर नगरपालिकामा गैरकानुनी रूपमा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोली ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले विभिन्न वडाहरूमा त्यसका शाखा समेत खोलेर सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना आदिमा गएर आफूहरूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने गरेका थिए । ती कार्यालय, कम्पनीले भ्रष्टाचार, कर छली, आर्थिक अनियमितता गरेको उजुरी आफूहरूकहाँ परेको उनीहरूले बताउने गरेका थिए ।

उनीहरूले आफूहरूले त्यस विषयमा छानबिन गर्ने भन्दै धम्क्याउने, रकम असुली र चरित्र हत्याजस्ता कार्य गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिइएको थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button