बिज्ञापन

राष्ट्रिय धान दिवस मनाउन प्रचण्ड चितवन आउने

चितवन, असार १४-

सरकारले यस वर्षको राष्ट्रिय धान दिवस चितवन आएर मनाउने भएको छ । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ भोलि शनिबार २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाउन लागिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ चितवनले आज पत्रकार सम्मेलनको आयोजना गरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा राष्ट्रिय धान दिवस मनाउन लागेको जनाकारी दिइएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नेतृत्वमा चितवनको रत्ननगर नगरपालिका ६, बछौलीमा रहेको बछुली बहुउद्देश्य कृषक समुहको खेतमा मेसिनको प्रयोग गरि धान रोपेर धान दिवस मनाइने जनाइएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले मेशिनबाट धान रोप्ने कार्यक्रम समेत रहेको परियोजनाका वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिए । सो कार्यक्रममा एक हेक्टर क्षेत्रफलमा मेसिनबाट धान रोप्ने लक्ष्य राखिएको छ । कृषि विभागका महानिर्देशक तथा मूल आयोजना समितिका संयोजक डा.नरहरी प्रसाद घिमिरे चितवन धान खेतीको जोन क्षेत्र भएकाले यसपटक चितवनमा धान दिवसको आयोजना गरिएको बताए ।

उनले जलवायू परिर्वतन अनुकुल कृषि प्रविधिलाई कृषकसम्म प्रचार प्रसार गर्न चितवनमा धान रोपाइँको आयोजना गर्न लागिएको बताए । जलवायू परिवर्तनका कारण धान खेतीमा असर पुग्दै गएको छ । जलवायूमैत्री तथा जलवायू परिवर्तनसँग जुध्न सक्ने प्रविधिहरुको विकासका लागि नेपालमा सुख्खा र डुबान सहने ६ वटा धानका जात विकास गरिएको उनले बताए ।

चितवन धान खेतीको लागि अग्रणी जिल्ला हो । सरकारले चितवनलाई आर्थिक वर्ष २०७६/०७७ देखि धान जोनको स्थापना गरेको थियो । त्यसपछि यहाँ धानको उत्पादकत्व समेत बृद्धि हुँदे गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वन एकाइ चितवनका प्रमुख रेग्मीले जानकारी दिए । ‘हामीले जोन कार्यक्रम लागु गर्ने समयमा प्रतिहेक्टर ४ दशमलव २२ मेट्रिकटन धान उत्पादन हुँदै आएको थियो । अहिले कार्यालयको सर्वेक्षण गर्दा चैते धान प्रतिहेक्टर ६ दशमलव ४ मेट्रिक टन उत्पादन भएको छ’-उनले भने ।

बढ्दो सिँचित क्षेत्रफल, आधुनिक प्रविधिहरुको उपयोग, उन्नत जातहरुको प्रयोग एवं रोग किराको प्रकोपमा कमी आएका कारण धान उत्पादनमा बृद्धि भएको उनले बताए । चितवनमा २२ हजार ८ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ हुँदै आएको छ ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button