बिज्ञापन

हतारमा वामपन्थी एकता गर्ने पक्षमा छैनौंः प्रधानमन्त्री प्रचण्ड

भरतपुर,असार १४-

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हतारमा पार्टी र वामपन्थी एकता गर्ने पक्षमा नरहेको बताएका छन् । शुक्रबार चितवन आइपुगेका अध्‍यक्ष प्रचण्डले हतारमा पार्टी एकता गरेर दुर्घटना निम्त्याउन नचाहेको भन्‍दै सतर्क भएर मात्रै काम व्‍यवहारमा देखिने बताए ।

उनले भने, ‘हामीले अहिले हतारमा पार्टी र वाम एकता गरे दुर्घटना निम्त्याउन चाहन्नौं। किनकी विगतमा एकताको नाममा पुरानै दुर्घटना निम्त्याउन चाहन्नौं । त्यसकारण हतारमा यो काम हुँदैन। र हामी सतर्क छौं, सतर्कका साथ अगाडि बढेका छौं। यदि भएमा तपाईहरूले काम देखिने गरी व्‍यवहारमा देख्नु हुनेछ।’ अहिले राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई जोड दिँदै उनले काम गर्दै जाँदा परिणामले नै देख्‍ने गरी वाम एकता हुने सक्‍ने भन्‍दै तत्काल पुरानै दुर्घटना तर्फ जान नचाहेको बताए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button