बिज्ञापन

रास्वपामा विवादः रविले सोधे महामन्त्री मुकुल ढकाललाई स्पष्टिकरण

काठमाडौँ, असार १४–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र विवाद देखिन थालेको छ । महामन्त्री मुकुल ढकालले केहीदिन अघि देशदौडापछि तयार पारेको प्रतिवेदनको विषयलाई लिएर पार्टी भित्र विवाद सिर्जना भएको हो ।

यही विषयमा रहेर सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेका छन् । सभापति रवि लामिछानेले ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै के कारणले यस्तो गरेको भनी शुक्रबार अपराह्न स्पष्टीकरण पत्र थमाएको बुझिएको छ ।

ढकालले भने आफूलाई लामिछानेबाहेक अरुले स्पष्टीकरण सोध्न नपाउने भन्दै त्यो पत्र खोलेर नपढ्ने जिकिर गरेका छन् ।
३८ जिल्ला घुमेर ढकालले तयार पारेको ३२ पाने प्रतिवेदनका कारण रास्वपाभित्र खैलाबैला उत्पन्न भएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button