बिज्ञापन

मदन भण्डारी र गणेशमान नेतृत्व आन्दोलनले पञ्चायत ढल्योः उपमहासचिव ज्ञवाली

भक्तपुर, असार १४-

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले तत्कालीन एमाले महासचिव स्वं मदन भण्डारी र नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको २०४६ सालको जनआन्दोलनले पञ्चायत ढलेको स्मरण गर्नुभएको छ ।

मध्यपुरथिमिमा आज राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल ९मानव अधिकार अलाइन्स० ले स्वं मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको मानव अधिकार र बहुदलीय जनवाद विषयक अन्तरसम्वादमा उहाँले मदन भण्डारीको देशप्रतिको योगदान असाध्यै फराकिलो रहेको चर्चा गर्नुभयो । ज्ञवालीले देशमा जबसम्म नागरिकले आर्थिक अधिकार पाउँदैनन तबसम्म देशमा आएको प्रजातन्त्र अधूरो रहने धारणा राख्नुभयो ।

एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले देशको सार्वमौभ रक्षा र देशको मानव अधिकार रक्षाका सबालमा स्व मदन भण्डारी निकै अगाडि रहेको उल्लेख गर्नुहुँदै कम्युनिष्ट आन्दोलनलाई जीवित राख्न उहाँको बिचार उपलब्धीमूलक रहेको धारणा व्यक्त गर्नुभयो ।

एमालेका भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा, अलाइन्सका अध्यक्ष पुरुषोत्तम श्रेष्ठलगायतले देशमा गणतन्त्र र मानव अधिकारको रक्षाका लागि सधै कटिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button