बिज्ञापन

रविलाई जनताको प्रश्न सरकारमा गएपछि सोचे अनुरूप फाइल किन खोलिएन ?

काठमाडौँ, असार २०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा.मुकुल ढकालको प्रतिवेदन ‘समीक्षा यात्रा–फोक्सण्डो’ सार्वजनिक भएको छ। केन्द्रीय समिति बैठकले अस्वीकृत गरेको प्रतिवेदन प्रवक्ता मनिष झाले बिहीबार सार्वजनिक गरेका हुन्।

प्रतिवेदनमा निलम्बित महामन्त्री ढकालले सभापति रवि लामिछानेमाथि नै ‘पहिलो पटक प्रश्न उठ्यो’ भनेर उल्लेख गरेका छन्। जसमा जनताबाट उठेका आंशिक प्रश्नहरू उल्लेख गरेका छन्। प्रतिवेदनको बुँदा नम्बर (ञ) मा उनले ‘सभापतिमाथि नै पहिलो पटक प्रश्न उठ्यो’ उपशीर्षक दिएर ११ प्रश्न समावेश गरेका छन्।

रास्वपाले ग्रहण नगरेको मुकुलको प्रतिवेदन, जसले कारबाहीसम्म पुर्‍यायो (पूर्णपाठ)
प्रतिवेदनमा उल्लेखित व्यहोरा जस्ताको तस्तै

चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको?

सभापति आफैँ गृहमन्त्री भएर किन गएको? सिके राउत जस्तो ब्याकमा किन नबसेको?

जिबि राई कहिले समातिन्छन् ? समात्न सकिदैँनथ्ये भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको ?

सभापतिसँग भेट्न भन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ।

सभापतिको सचिवालयमा मृदुभाषी भएनन्। यही सचिवालयबाट अगाडि बढे सभापतिबाट राजनीति सम्भव छैन।

किन ग्यालेक्सीको टिम धेरै भयो? सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो ?

सरकारमा गएपछि सोचे अनुरूप फाइल किन खोलिएन ?

निर्मला पन्तलाई न्याय कहिले मिल्छ ?

ब्लु बस र रोजगारीको कुरा कता पुग्यो ?

सभापतिमा त्यागको भावना छैन भन्ने सन्देश गएको छ।

सिधाकुरा जनतासँग कार्यक्रममा बोलेका कुरा जनताले सम्झिराखेका छन् तर सभापतिले बिर्सिए जस्तो छ। पार्टीको मेरूदण्ड नै त्यही कार्यक्रम थियो। पार्टीमा सिधाकुरा जनतासँग कार्यक्रमका मान्छे पनि केन्द्रीय स्तरमै आए, सभापतिको सचिवालयमा नै बसे तर तिनीहरूले पनि सिधाकुरा जनतासँग कार्यक्रम बिर्सिए र अरू राजनीति गर्न थाले।

उल्लिखित प्रश्नहरूको जवाफ सभापतिबाट नै प्राप्त हुनेछ भनेर यहाँ थप केही लेखिएन।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button