बिज्ञापन

कुरिनटारमा गोताखोर तालिम 

चितवन, असार २०- 
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारले आयोजना गरेको गोताखोर तालिम समापन भएको छ । विपदबाट हुने हुने जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्नका लागि कुरिनटारमा आयोजना गरिएको ३६ दिने तालिमको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानाराण श्रेष्ठले आज समापन गरेका हुन् ।
बागमती प्रदेश सरकारको सहयोगमा आयोजना गरिएको तालिममा सशस्त्र प्रहरी बलका  विभिन्न इकाईबाट छनौट गरिएका १९ जना सशस्त्र प्रहरी कर्मचारीले तालिम लिएका थिए । समापनको क्रममा इच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुरिनघाट स्थित त्रिशुली नदिमा प्रशिक्षार्थीले जलद्धार सम्बन्धि अभ्यासको डेमो प्रर्दशन समेत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बलले पु¥याएको योगदानको प्रशंसा गरे । उनले मनसुनको सुरुवात संगै हुने विपद्को सामना गर्न तयारी हालतमा रहन निर्देशन समेत दिएका छन् ।
नेपाल सरकारले पहिलोपटक वि.सं. २०६९ सालमा बंगलादेशमा २५ जना सशस्त्र प्रहरीलाई गोताखोर तालिम लिन पाठाएको थियो । सो पश्चात वि.सं. २०७६ देखि भने नेपालमा नै गोताखोर तालिमहरु संचालन गरिँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालले जानकारी दिए । उनले विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरी बल, नेपालले वाहिनी स्तरमा ८ वटा खोज तथा उद्धार टिमहरु, विपद् डेडिकेटेड ९ वटा वेशहरु र देशभरि ९ स्थानमा गोताखोर टोलीहरु आवश्यक साधनस्रोतहरु सहित परिचालन गरिरहेको बताए । उनले दिक्षित भएका गोताखोरहरुलाई विपद् उद्दारमा नेपाली जनताको जिउधनको सुरक्षा गरि नेपाली जनतालाई भरपर्दो आडभरोसा बन्ने गरि कार्य गर्न निर्देशन दिए ।
समापन कार्यक्रममा बागमती प्रदेश सासंद कृष्ण प्रसाद सिलवाल, चितवन र गोरखा जिल्लाका स्थानीय पालिकाका प्रमुखहरु, नेपाली सेना नं. ६ बाहिनी अड्डा बैरेनी धादिङ्गका वाहिनीपति सहायक रथी रोज प्रताप जबरा, सशस्त्र प्रहरी बल राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरिक्षक कमल गिरी, नं ३ गढिमाई बाहिनि मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक गणेश ठाडा मगर, चितवन, धादिङ्ग र गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, जिल्ला स्थित विभिन्न सुरक्षा निकायका कार्यालय प्रमुखहरु समेतको उपस्थिति रहेको थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button