बिज्ञापन

सेन्ट्रल कलेज चितवन जिल्ला लिगमा पानसको विजयी सुरुवात

चितवन, असार २०-

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा दोस्रो चरणको खेलहरु सुरु भएको छ ।

लिग अन्तर्गत आज (बिहीबार) सम्पन्न दोस्रो चरणको पहिलो खेलमा पानस युवा क्लबले नारायणी फुटबल क्लब (एनएफसी) लाई २-० ले हराएको छ । जारी लिगमा पानसको यो पहिलो खेल हो । उता दोस्रो खेल खेलेको एनएफसीको भने यो लगातर दोस्रो हार हो ।

भरतपुर ७ कृष्णपुरमा आज सम्पन्न खेलमा पानसलाई जिताउन सन्दीप सुनार र विवेक विकले गोल गरे । पानसमा सन्जित सुनार म्यान अद दि म्याच भए । उनले ट्रफीसहित दुई हजार पाँच सय प्राप्त गरे ।

लिगमा शुकबार दोस्रो चरणको दोस्रो खेल हुनेछ । जसमा एभरेष्ट क्लब चितवन र हर्दी युवा समाज भिड्नेछन् । आफ्नो पहिलो खेलमा बराबरीमा रोकिएका दुबै टोली शुक्रबार जितको खोजीमा हुनेछन् । खेल बेलुकी ५ बजे सुरु हुनेछ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button