गर्मी अझै बढ्ने
कतारमा गर्मी अझै बढ्ने भएको छ ।
मौसम विभागले एक सूचना जारी गर्दै जुलाई १५ देखि तापक्रम र आर्द्रता बढ्ने अवधि सुरू भएको जनाएको छ।
“आज अल-हना’आ ताराको सुरुवात भएको छ । अबको १३ दिन तापक्रम सबैभन्दा उच्च रहने र आर्द्रताको स्तर पनि बढ्नेछ,” विभागले बताएको छ।
यस अवधिमा खडेरी अवस्थाको कमी र कुहिरो लाग्ने हुँदा तटीय क्षेत्रहरूमा आर्द्रताको वृद्धि सबैभन्दा बढी देखिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
7
मनपर्यो
8
खुसी लाग्यो
148
दुःख लाग्यो
96
रुन मन लाग्यो
18
हाँसो लाग्यो
12
रीस उठ्यो