‘छक्कापञ्जा ५’ ले दुई सातामै कमायो १७ करोड ६० लाख बढी

काठमाडौं, कात्तिक ८-

‘छक्कापञ्जा ५’ले प्रदर्शनको दुई सातामा आक्रामक कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले विहिबार १४ दिनको कलेक्सन सार्वजनिक गरेको छ ।

जसअनुसार, दीपाश्री निरौला निर्देशित फिल्मले सो अवधिमा १७ करोड ६० लाख भन्दा बढी कमाइ गरेको छ । यो कूल कमाइमा काठमाडौं टेरिटोरी र मोफसलको कमाइको हिस्सा समान रहेको वितरक मनोज राठीले जनाए ।

उनले तेस्रो सप्ताहन्तमा १ करोड ३० लाखदेखि डेढ करोड ग्रस सम्मको प्रक्षेपण गरिएको बताए । ‘तिहारको सबै बिदा जोड्दा हामीले २० करोडको आँकडा पार गर्ने अनुमान गरेका छौं, यो कुरा प्राप्त हुने शो संख्यामा निर्भर हुनेछ’, राठीले भने, ‘यसपटकको तिहार पनि नेपाली फिल्ममय हुने पक्का छ ।’

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button